लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पुस्तक बिक्रीबाट प्राप्त ५ लाख रुपैयाँ रोयल्टी अपाङ्ग केन्द्रलाई

IMG

तिलोत्तमा, १७ मंसिर २०७९।संयुक्त राष्ट्रसंघका पूर्व सहायक महासचिव कुलचन्द्र गौतमले आफ्नो आत्मकथा पुस्तक बिक्रीबाट प्राप्त रकम सामाजिक सेवामा लगाउनुभएको छ ।उहाँले पुस्तक बिक्रीबाट प्राप्त रोयल्टी रकम ५ लाख रुपैयाँ आशा अपाङ्ग केन्द्रलाई सहयोग गर्नु भएको हो। ३१ औ अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा शनिबार उहाँले ‘कुलचन्द्र गौतम : आत्मकथा’ भन्ने पुस्तक बिक्री गरेको पाँच लाख रुपैयाँ संस्थालाई हस्तान्तरण गर्नु भएको छ ।


गौतमका भाइ रामचन्द्र गौतमले रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीमार्फत आशा अपाङ्ग केन्द्रलाई रकम प्रदान गर्नु भएको हो । पुस्तकमा उहाँका भोगाइ र संघर्षका रोचक विषय समेटिएका छन् । ४ सय ७२ पृष्ठ लामो पुस्तकको मूल्य नेपाली बजारका लागि ७ सय ५० रुपैयाँ कायम गरिएको छ । 

कमेन्ट गर्नुहोस्