लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पशुपति कलेजले मनायो १७ औं वार्षिकोत्सव

IMG

तिलोत्तमा, २०७९ मङ्सिर १६ गते । पशुपति कलेजको १७ औं वार्षिकोत्सव, अभिभावक दिवस तथा तेस्रो कलेज सभा भएको छ । रूपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका–१६ कोटिहवामा रहेको कलेजले शुक्रबार आफ्नै प्राङ्गणमा कार्यक्रम गरेको हो । 


कार्यक्रममा बोल्दै प्रतिनिसभा सभा सदस्य तथा पूर्वमन्त्री छविलाल विश्वकर्माले कलेजको पूर्वाधार विकासमा संलग्न भएको बताउँदै कलेजको उन्नतिमा लागिरहने बताए। उनले शैक्षिक संस्थालाई उचाईमा पुर्याउन आफ्नो बुद्धि विवेकले भ्याएसम्म निरन्तर लागि रहने र रुपन्देही क्षेत्र नम्बर १ मा रहेको सामुदायिक कलेज पशुपति कलेजलाई संरक्षण गर्नु दायित्व रहेको बताए । उनले भने, ‘म यो कलेजको स्थापनाकालदेखि नै संलग्न हुँदै आएको र अहिले पनि सहयोग र सद्भावका लागि लागि रहनेछु ।’

 

तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले शैक्षिक वातावरण क्याम्पसले बनाउनुपर्ने र भौतिक सहयोगका लागि नगरपालिका तयार रहेको बताए । उनले क्याम्पस सञ्चालकले निरन्तरता र सामूहिक पहल गर्दै अगाडि बढ्न आग्रह गरे । उनले भने, ‘तिलोत्तमाभित्र रहेको शैक्षिक संस्था जोगाउने र शैक्षिक हबको रुपमा विकास गर्नु हाम्रो दायित्व हो । कलेजले नयाँ योजनाका साथ अगाडि बढे नगरले सक्दो सहयोग गर्नेछौं । नगरमा आउने उद्योग कलकारखाना र शैक्षिक क्षेत्रले रोजगारीको वातावरण सिर्जना गर्नुपर्छ ।’


तिलोत्तमा–१६ का अध्यक्ष झबिलाल भुसालले वडामा रहेको कलेज शिक्षा क्षेत्रमा सम्भावना बोकेको बताउँदै रुपन्देहीको दुई व्यस्त बजार भैरहवा र बुटवलको बीचमा रहेको पशुपति कलेजलाई थप नयाँ शैक्षिक योजनाका साथ अगाडि बढाउन आग्रह गरे ।कलेज व्यवस्थापन समितिका अध्यक्ष तामबहादुर रानाले शैक्षिक उन्नयनमा फड्को मार्दै गएको र अबका दिनमा नयाँ योजनाका साथ अगाडि बढ्ने बताए । उनले यस क्षेत्रका सासंद् तथा स्थानीय सरकारहरुले कलेजको गतिविधिलाई प्रष्कृत पार्दै अगाडि बढ्नको लागि सहयोग गर्नुपर्ने बताए ।


कलेजको वार्षिकोत्सवको अवसरमा कलेजले सप्ताहव्यापी कार्यक्रम पनि गरेको थियो । कार्यक्रममा विजेताहरुलाई पुरस्कार तथा सम्मान गरिएको थियो । कलेजले स्नातक प्रथम वर्षमा कलेज टप तीन जनालाई सम्मान तथा पुरस्कार प्रदान गरेको थियो । 

कमेन्ट गर्नुहोस्