लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तीन महिनामै विदेशिने विद्यार्थीले १८ अर्ब लगे

IMG

तिलोत्तमा, २०७९  मङ्सिर १ गते। चालु आर्थिक वर्षको पहिलो ३ महिनामा वैदेशिक अध्ययनका लागि विदेश जाने विद्यार्थीले करिब १८ अर्ब रुपैयाँ विदेशी मुद्रा विदेश लगेका छन् । गत साउनदेखि असोजसम्म नेपालको खुद सेवा आय २१ अर्ब ७० करोड रुपैयाँले घाटामा छ ।अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय २३ अर्ब ३४ करोड रुपैयाँले घाटामा थियो ।


सेवा खाता अन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ११०.४ प्रतिशतले बढेर ११ अर्ब ४१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ५ अर्ब ४२ करोड रहेको थियो ।समीक्षा अवधिमा सेवा खाता अन्तर्गत भ्रमण व्यय ६२.३ प्रतिशतले बढेर २६ अर्ब ४ करोड पुगेको छ । यसमध्ये शिक्षातर्फको व्यय १७ अर्ब ८९ करोड रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय १६ अर्ब ४ करोड रुपैयाँ रहेकोमा शिक्षातर्फको व्यय ८ अर्ब ९२ करोड रुपैयाँ रहेको थियो ।

कमेन्ट गर्नुहोस्