लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पत्रकार भण्डारीको ‘सत्ता सङ्घर्ष : ३० वर्षमा २८ सरकारका नालीबेली’ प्रकाशित

tillotmacitynews - 2022 Nov 14 05:01 PM
IMG

तिलोत्तमा, २०७९ कार्तिक २८ गते।  कान्तिपुर टेलिभिजनमा कार्यरत पत्रकार रामकृष्ण भण्डारीद्वारा लिखित पुस्तक ‘सत्ता सङ्घर्ष : ३० वर्षमा २८ सरकारका नालीबेली’ प्रकाशित भएको छ ।सांग्रिला बुक्सले बजारमा ल्याएको पुस्तकमा २०४८ सालको चुनावदेखि २०७८ सालसम्म ३० वर्षको अवधिमा बनेका २८ वटा सरकारको नालीबेली समावेश गरिएको छ । पुस्तकमा पत्रकार भण्डारीले २८ वटा सरकारका प्रधानमन्त्री लगायत महत्वपूर्ण राजनीतिक व्यक्तिसँग विभिन्न समयमा भएका घटनाक्रमलाई लिएर प्रत्यक्ष कुराकानी गरेका प्राथमिक स्रोतलाई महत्व दिनु भएको छ ।


रोचक र तथ्यपरक शैलीमा लेखिएको पुस्तक नेता, राजनीतिशास्त्रका विद्यार्थी, अध्ययन, अनुसन्धानकर्ता, पत्रकार तथा आमपाठक समेतलाई नेपालको राजनीतिको आन्तरिक कुरा बुझ्नमा सहयोगी हुनेछ ।पुस्तकले प्रजातन्त्र पुनर्बहालीका लागि ज्यानको बाजी लगाएका दलहरु तथा तिनका नेतृत्व अन्ततः कसरी सत्तामा पुग्न र टिक्न मात्र लागिपरे भनेर समकालीन समयलाई फर्केर हेर्न पनि मद्दत गर्छ । 

कमेन्ट गर्नुहोस्