लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रुपन्देहीमा सामुहिक बलात्कार आरोपमा ९ जना पक्राउ

tillotmacitynews - 2022 Nov 03 10:46 PM
IMG

तिलोत्तमा सिटी न्युज, कार्तिक १७ गते २०७९। रुपन्देहीमा दुईजना किशोरी माथि सामुहिक बलात्कार आरोपमा ९ जनालाइ प्रहरीले  पक्राउ गरेको छ । कञ्चन गाउँपालिका–२ गोफ्लापुर स्थित बाटोमा मेला हेरेर फर्कदैँ गरेका १५ र १६ बर्षीया किशोरीलाई ११-१२ जनाले बुधबार राति अपहरण गरी जंगल तथा खोलाको किनारमा लगेर जवरजस्ती गरेका थिए ।प्रहरी टोलीले खोजतलास गर्ने क्रममा १५ बर्षीय किशोरीलाई गैडहवा गाउँपालिका–८ स्थित देउराली सामुदायिक वनको जंगलमा लगी जवरजस्ती करणी गर्ने सैनामैना नगरपालिका १० का १८ वर्षका बबी पाण्डे, सोही ठाउँका २६ वर्षीय राम बहादुर बि.क लगायत ५ जना जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता श्यामु अर्यालले बताउनुभयो ।


यस्तै १६ बर्षीय किशोरीलाई गैडहवा गाउँपालिका–२ कुलिचौर स्थित कञ्चन खोलाको बगरमा लगेर जवरजस्ती करणी गर्ने सैनामैना नगरपालिका–११ बनकट्टिका १९ वर्षीय पदम कार्की र गैडहवा गाउँपालिका ८ का १८ वर्षीय राहुल परियार लगायत ४ जनालाई पक्राउ गरेको प्रवक्ता अर्यालले बताउनुभयो । बुधबार गाउँमा लागेको सांस्कृतिक कार्यक्रम हेरेर फकर्ने सो घटना भएको हो ।घटनामा संलग्न अन्यको खोजी भइरहेको र पक्राउ परेकाको बयानका आधारमा घटनामा संलग्न सबैको पहिचान खुल्ने प्रहरीको भनाइ छ ।

कमेन्ट गर्नुहोस्