लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

चिच्याएर वर माग्ने सत्यवती मेलाको तयारी,कार्तिक १८ देखि २२सम्म मेला लाग्ने

tillotmacitynews - 2022 Nov 01 11:56 PM
IMG

तिलोत्तमा, २०७९ साल १६ कार्तिक। ‘चिच्याएर वर माग्ने मेलॉ भनेर चिनिने पाल्पाको सत्यवती मेलाको तयारी पूरा भएको छ ।हरेक वर्षको कार्तिक पूर्णिमाका दिन लाग्ने धार्मिक मेला यस वर्ष कार्तिक १८ देखि २२सम्म लाग्दै छ ।तिनाउ गाउँपालिका–४ मा रहेको सत्यवती ताल र सत्यवती मन्दिरमा लाग्ने उक्त मेलाको तयारी बारे समितिले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । समितिले आइतबार पहिलो पटक मन्दिर तथा ताल परिषरमै पत्रकार सम्मेलन गरी कार्तिक १८ देखि २२ गतेसम्म ४ दिन लाग्ने मेला र तयारी बारे जानकारी गराएको हो ।सत्यवती देवीले कानले नसुन्ने भएकाले वर माग्दा चिच्याएर एउटा मात्र माग्नुपर्ने जनविश्वास छ । रातिको समयमा मन्दिरमा पूजा गर्नुअघि ताल परिक्रमा गर्दा चिच्याउँदै वर माग्ने चलन रहेको स्थानीयबासीको भनाई छ ।

कमेन्ट गर्नुहोस्