
तिलोत्तमा, २०७९ साल १५ कार्तिक। तिलोत्तमा नगरपालीका वडा न ६ को आयोजनामा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न भएको छ । वडाभित्र रहेका ८० वर्ष नाघेका ज्येष्ठ नागरिकलाई एक कार्यक्रमका बीच जाडोमा न्यानो गराउने ब्लांकेट, र सम्मानपत्रले सम्मान गरिएको हो । सो कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालीकाका नगर प्रमुख रामकृष्ण खांणले ज्येष्ठ नागरिकले पुर्याएको योगदान अतुलनीय रहेको चर्चा गरे । उनले पाका पुस्ताले देखाएको बाटोमा हिंड्न सके हरेक व्यक्ती हुन सक्ने भन्दै ज्येष्ठ नागरिकप्रतीको सम्मानमा कहीं कसैले कमजोरी गर्न नसक्ने बताए ।
त्यस्तै, वडाध्यक्ष गणेश पाठकले वडाको विशेष कार्यक्रम अन्तर्गत पारिएको ज्येष्ठ नागरिक सम्मानले चाडपर्वका बेला एक आशिर्वाद ग्रहण गर्ने मौका मिलेको बताए । उनले जनताको सेवाको बाटोमा अघि बढ्न वा लक्ष्य प्राप्तीका लागि अग्रज को सहभागिता महत्वपूर्ण हुने भन्दै हरेक नागरिकले आफुभन्दा अग्रजको सरसल्लाह सुन्ने मान्ने र काम गर्ने गरेमा समस्या नहुने बताए । कार्यक्रममा वडाभित्र रहेका विभिनन संघसंस्थाका प्रतिनिधी, समाजसेवी तथा स्थानियहरुको उपस्थिती रहेको थियो । वडाका १ सय बढी ज्येष्ठ नागरिकलाइ सम्मान गरिएको थियो ।
कमेन्ट गर्नुहोस्