लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कोरियाको त्यो भीषण युद्ध,जसले दुबै कोरियालाई खरानी मात्र बनायो

tillotmacitynews - 2022 Oct 30 05:46 PM
IMG

बिक्रम थापा (हाल दक्षिण कोरिया) कार्तिक १३ गते २०७९। पुर्वी एसियाको सुन्दर देश कोरिया सन १९४५ सम्म अखण्ड थियो।तर यो समय सम्म कोरियामा जापानको राज थियो।सन १९४५ मा दोस्रो विश्वयुद्ध समाप्त भयो।जापानले कोरियालाई पनि स्वतन्त्रता दिएर आफ्नो देश जापान लाग्यो।कोरियाले गुलाम बाट स्वतन्त्रता पायो।जापानबाट स्वतन्त्रता पाएको खुसिको नारा लगाउन नपाउँदै अखण्ड कोरियामा दुई ठुला देशले गिद्धे नजर लगाउन पुगे।उत्तरमा सोभियत संघ दक्षिणमा अमेरिका आइपुग्यो।कोरिया देशलाई लिएर साम्यवादी र पुँजीवादीको टकराव हुन थाल्यो।सोभियत संघले अखण्ड कोरियालाई एउटा कम्युनिस्ट राज्य बनाउन चाहन्थ्यो भने अमेरिकाले एक पुँजीवादी राष्ट्र बनाउन चाहन्थ्यो।अन्ततोगत्वा अखण्ड कोरिया टुक्रिएर दुइटा देश बन्न पुगे।सन १९४८ देखि उत्तर कोरिया र दक्षिण कोरिया बन्न पुगे।ई दुई ठुला देशहरु यत्तिमै रोकिएनन शीत युद्धको नामले कोरियालाई भाईभाईमा लडाएरै छाडे। 


सन १९५० को जुन महिनामा उत्तर कोरिया र दक्षिण कोरियाको भीषण युद्ध भयो।तीन महिना भित्रमा उत्तर कोरियाले दक्षिण कोरियालाई झन्डै पुर्ण रुपमा जितिसकेको अवस्था थियो।सिवाय दक्षिणी भूभाग फुसान,थेगु छोडेर।यस्तो भएपछी अमेरिकालाई ठूलो डर भयो।अमेरिकाले सोच्यो यदि दक्षिण कोरिया कम्युनिस्ट राज्य भयो भने जापान,अस्ट्रेलिया,दक्षिण पुर्वी देशहरु पनि कम्युनिस्ट राज्य बन्ने छन।यहि चिन्ताले तत्कालीन समयका अमेरिकी राष्ट्रपति हेरि यश टुरुमनले संयुक्त राष्ट्रसंघ संग सहयोगको गुहार लागयो।अमेरिकासँग मिलेर सोह्र देशले दक्षिण कोरियालाई साथ दिने वाचा गरे। सन १९५० को अगस्ट महिनामा संयुक्त राष्ट्रसंघका डेढ लाख सेना दक्षिण कोरिया आइपुगे।यो बेलासम्म दक्षिण कोरियामा उत्तर कोरियाका लाखौं सैनिक बिस्कुन सुकाए जस्तो फिजारिएका थिए।पुरै कम्युनिस्ट राज्य बनिसकेको जस्तो भएको थियो।संयुक्त राष्ट्रसंघका सेनालाई यो लडाइँ जित्न खुब कठिन भयो।अवस्था कस्तो भैदियो भने सन १९९९ मा हाम्रो छिमेकी देश भारतमा कारगिल युद्ध भएको थियो।त्यो कारगिल युद्धको भएको ठाउँमा द्रास,तोलोलिङ,५११४ पाँच एक एक चार भन्ने पहाड छन।पहाडको टुप्पोमा पाकिस्तानी सेना तैनाथ थिए भने तल हाम्रा गोर्खाली सेना।हाम्रा पुजनीय गोर्खाली सेनाहरुले त्यस्तो पहाडको टुप्पोमा पुगेर पाकिस्तानीलाई हराएर भारतको तिरङ्गा फैलाईदिन सफल भएका थिए।


दक्षिण कोरियालाई साम्यवादी राष्ट्र हुन नदिनको लागि पनि संयुक्त राष्ट्रसंघका जनरल डकलेस मेकाहर्तरले एउटा महान चित्रको परिकल्पना गरे।कपर्दी (हुतुतु)खेलमा भित्र सम्म गएको खेलाडीलाई साँध कोरिएको रेखापट्टीबाट आएर उसलाई आफ्नै क्षेत्रमा थुनेर हराउन सजिलो भए जस्तै दुई देशको सिमानाको रेखा उत्तरी आक्षांश ३८ डिग्रीमा आएर बस्ने।अनि उत्तर कोरियापट्टीबाट आउने शत्रु सैनिकलाई रोक्ने र दक्षिण कोरिया भित्र भएकालाई थुनेर मार्ने रणनीति अपनाए।अनि हातहतियार र केही सैनिक जापानमा लुकाएर राख्नको लागि जापानलाई सहयोग मागियो।जापानले आफ्ना सारा बन्दरगाह अमेरिकालाई खुल्ला गरिदियो।बाँकी पचहत्तर हजार सैनिक दुई सय एकसट्ठी वटा पानी जहाज लिएर दुई देशको सिमाना नजिकको दक्षिण कोरियाको इन्छन भन्ने शहरमा आइपुगे।इनिहरुले उत्तरी कोरियाली सैनिकलाई दक्षिण कोरिया छिर्न दिएनन।यस्तो भएपछी दक्षिण कोरियाको भूमिमा भएका उत्तर कोरियाको सैनिकलाई हतियार सप्लाई हुन सकेन।अन्ततोगत्वा उत्तर कोरियाका सेना सारा मारिए।दक्षिण कोरिया कम्युनिस्ट राज्य हुनबाट जोगियो।यो कार्वाहीलाई अंग्रेजले INCHEON OPRATION CHROMITE को नामले चिन्दछन भने कोरियालीहरुले इन्छन साङन्युक छाकचन भनेर जान्दछन।


कोरियाको त्यो भीषण युद्धले दुबै कोरियालाई खरानी मात्र बनायो।नत सोभियत संघले चाहेजस्तो पुरै कोरिया कम्युनिस्ट राज्य हुन सक्यो नत अमेरिकाले चाहे जस्तो पुरै कोरिया पुँजीवादी राष्ट्र नै हुन सक्यो।उहि सिमानामा रहेर दुई देश एउटा साम्यवादी उत्तर कोरिया बन्यो।अर्को पुँजीवादी दक्षिण कोरिया बन्यो।ई देशहरु एकीकरण भएर फेरि अखण्ड कोरिया बनुन।हाम्रो शुभकामना ।भिडियोमा त्यो युद्धको रुप मोडिएको वास्तविक स्थल इन्छन साङन्युक छाकछन बाट हेर्नुन हजुर पनि लाहुरे हुन हाम्रा सन्तानलाई बेलायत र भारतमा पठाउनु हुँदैन भन्ने सोच मनमा पलाउने छ।पलायोस्🙏🙏।हामी सबैको कल्याण होस।अबको हाम्रो नेपालको पुस्ता कोहि पनि विदेशीन नपरोस्🙏🙏

कमेन्ट गर्नुहोस्