
तिलोत्तमा, २०७९ साल ५ कार्तिक। रुपन्देही क्षेत्र नं १ 'क' प्रदेश सभा सदस्य पदका उम्मेदवार विश्वनाथ यादवले आफुले जनताको मतको कदर गर्ने बताएका छन् । जनताले दिएको मतको सम्मान गर्दै आफुले क्षेत्रको विकासमा आगामी ५ बर्षसम्म काम गर्ने उल्लेख गर्दै उनले आफुलाई मतदान गर्न अपिल गरे ।
नेपाली कांग्रेस रोहिणी गाउँपालिकाद्वारा दिपावली तथा छठ पर्वको अवसरमा आयोजित शुभकामना आदन प्रदान कार्यक्रममा बोल्दै उनले नेतृत्वकर्ता र नेतृत्वसम्म पुर्याउने आममतदात बिच राम्रो सम्बन्ध स्थापित हुन सके मात्रै रुपन्देही जिल्ला क्षेत्र नं १ को बिकास सम्भव रहेको तर्क गरे ।
आफू हिजोका दिनमा पनि जनताकै सेवामा तल्लिन रहेको दावी गर्दै उनले भबिष्यमा पनि जनता प्रती वफादार रहि सेवा गरिरहने बताए । यस क्षेत्रको विकासमा पहिले पनि नेपाली कांग्रेसले काम गरेको बताउँदै उनले अबका दिनमा पनि महत्त्वपूर्ण भुमिका खेल्ने बताएका थिए ।
कमेन्ट गर्नुहोस्