लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

अलबिदा ‘शताब्दी पुरुष’

tillotmacitynews - 2022 Oct 16 08:21 PM
IMG

तिलोत्तमा,२०७९ असोज ३० गते। वाङ्मय शताब्दी पुरुष सत्यमाेहन जाेशीकाे पार्थिव शरीर किस्ट अस्पताल लगिएकाे छ । ललितपुर महानगरपालिकाकाे प्राङ्गणमा श्रद्धाञ्जली दिन राखिएकाे जाेशीकाे पार्थिव शरीर अध्ययनका लागि किस्ट अस्पतालमा राखिने भएको छ ।पार्थिव शरीरलाई सुरक्षित राख्नका लागि नगल्ने केमिकल प्रयोग गर्ने प्रविधि अपनाउने किस्ट मेडिकल कलेजले जनाएको  छ । जोशीले यसअघि आफ्नो शरीर दान गर्ने घोषणा गर्नुभएको थियो ।शताब्दी पुरुष सत्यमोहन जोशीको उपचारका क्रममा आज बिहान किस्ट अस्पतालमै निधन भएकाे थियाे । ललितपुरको बखुम्बहालमा विक्रम संवत् १९७७ साल वैशाख ३० गते जन्मिएका जोशी संस्कृतिविद् हुनुहुन्छ ।


उहाँ तीन पटक मदन पुरस्कार पाउने एक्लो व्यक्ति हुनुहुन्छ । उहाँकाे 'लोक संस्कृति' नामक पुस्तकले २०१३ सालमा मदन पुरस्कार पाएको थियो । त्यस्तै 'नेपाल राष्ट्रिय मुद्रा' नामक पुस्तकका लागि दोस्रो पटक र 'कर्णाली लोक संस्कृति' पुस्तकका लागि तेस्रो पटक मदन पुरस्कार पाउनुभएको थियो । 

कमेन्ट गर्नुहोस्