लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

‘सलामी’पछि जोशीको पार्थिव शरीर अस्पतालमा लगियो

IMG

तिलोत्तमा सिटी न्युज, असोज ३० गते । आइतबार निधन भएका शताब्दी पुरुष सत्यमोहन जोशीलाई सरकारले ‘राष्ट्रिय सम्मान’ का साथ बिदाइ गरेको छ । जोशीको शव ललितपुर महानगरपालिका परिसरमा राखेर नेपाल प्रहरीको एक टुकडीले शोक सलामी दिएको हो । सलामी दिएर जोशीको शव किस्ट मेडिकल कलेजलाई हस्तान्तरण गरिदै छ । जोशीको आज विहान १०३ वर्षको उमेरमा निधन भएको हो  । जोशीको पार्थिव शरिर आज अन्तिम श्रद्धाञ्जलीको लागि ललितपुर महानगरपालिकामा राखिएको थियो । सो क्रममा जोशीको पार्थिव शरिरमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय झण्डा ओढाएका थिए । यस्तै, संस्कृतिमन्त्री जीवनराम श्रेष्ठले जोशीको निधनमा शोक व्यक्त गर्दै सरकारले सार्वजनिक विदा दिने बताएका थिए । 


कमेन्ट गर्नुहोस्