लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

स्थानीय तह अपाङ्ग मैत्री हुन नसकेको श्रवणदृष्टि विहिनहरुको गुनासो

IMG

तिलोत्तमा सिटी , २०७९असोज ९।   स्थानीयतहबाट श्रवणदृष्टि विहिनहरुको तथ्याँक नै नराख्ने र राखेपनि परिचयपत्र नदिने गरेको सरोकारवालाहरुले आरोप लगाएका छन् । तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाण, उपप्रमुख जागेश्वर देवी चौधरी र प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याललाई माग सम्बन्धको पत्र सहितको ब्यानर प्रदान गर्दै रुपन्देही नेत्रहिन संघले ज्ञापन पत्र बुझाएको छ। उनीहरुले राज्य वास्तविक अपाङ्ता भएका नागरिकहरु सम्म नपुगेको बताउँदै अपाङ्ता भएका नागरिकलाई स्वास्थ्य विमाबाट समेत बन्चित गराईएको गुनासो गरे ।रुपन्देही नेत्रहिन संघले आज बुटवलमा गरेको श्रवणदृष्टि विहिन अपाङ्ता सम्बन्धी अभिमुखिकरण तथा पत्रकार भेटघाट कार्यक्रममा उपस्थित सरोकारवालाले राज्यसँग अपाङ्ता भएका नागरिकको वास्तविक तथ्याँक समेत नभएको बताए ।


कार्यक्रममा प्रतिवेदन प्रस्तुत गर्दै कार्यक्रम संयोजक प्रेम पौडेलले २०६८ सालको जनगणनामा रुपन्देहीमा मात्र १८१ जना श्रवणदेष्टि विहिन नागरिक रहेको तथ्याँकले देखाएको जानकारी दिए । उनले १८१ जना मध्य ४० जना मात्र परियोजनाको सम्पर्कमा आउन सकेको उल्लेख गर्दै कतिपय गलत तथ्याँक समेत भेटिएको बताए । ‘श्रवणदृष्टि विहिनको नाममा दर्ता भएकाहरुलाई फोन गर्दा स्वयम ती व्यक्तिले फोन समेत उठाए ।’ उनले भने, ‘झुठो र गलत रेकर्ड समेत भेटियो ।’


नेत्रहिन संघका सहजकर्ता टिकाराम पौडेलले स्थानीय सरकार अपाङ्ग मैत्री बन्न नसकेको बताए । नेपालमा १२ हजार बढी श्रवणदृष्टि विहिन अपाङ्ता भएको नागरिक रहेपनि राज्यले अत्यन्त न्युन संख्यामा परिचयपत्र वितरण गरेको बताए । कतिपय पालिकाहरुमा अपाङ्गता भएको व्यक्तिहरुको लागत नै नभएको पनि उनले बताए । उनले रुपन्देहीका अधिकांस पालिकाहरुमा अपाङ्ता भएका व्यक्तिले स्वास्थ्य विमाको सुबिधा पाउन नसकेको बताए ।

सरकारी तथ्याँकमा १८१ जना श्रवणदृष्टि विहिन व्यक्तिहरु रुपन्देहीमा रहेको बताइएपनि नेत्रहिन संघले प्राप्त गरेको परियोजनाबाट ८ जना श्रवणदृष्टि विशिनहरुलाई शिक्षा प्रदान गरिरहेको छ । नेपालमै पहिलो श्रवणदृष्टि विहिन पढाउने विद्यालय रुपन्देहीमा संचालन गरिएको कार्यक्रममा जानकारी दिइयो । तिलोत्तमाको शान्ति नमुना माबीमा ८ जना श्रवणदृष्टि विहिनहरुले शिक्षा लिईरहेका छन् ।

कमेन्ट गर्नुहोस्