लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

खोला र फूल

tillotmacitynews - 2022 Sep 16 09:09 PM
IMG

प्रिय फूल

म तिमीलाई असाध्यै धेरै माया गर्छु

तिम्रा पैताला भिजाएर शीरसम्म फेरै माया गर्छु

तर अफसोच,


म विवश छु, लाचार छु

मैले तलतल बग्नैपर्छ

मैले तलतल कलकल बग्नैपर्छ

मलार्इ थाहा छ, मेरो मुटु


भोलि बिहानसम्म

तिमी शीतले नुहाउनेछौ

पवित्र, नवीन र सुन्दर देखिनेछौ

सूर्यका प्रथम किरणहरुले स्पर्श गर्दै


तिमीमा शुद्धता जगाउनेछ

तिम्रो सुवास हावामा लहराउनेछ

तर अफसोच,

लामा हातका तीखा नङहरुले

तिमीलार्इ चुटुक्क टिप्नेछन्


मुसुक्क मुस्काउँदै थालीमा सजाउँदै

भजन र घण्टी बजाउँदै

तिमीलार्इ भगवानसामु पुर्‍याइनेछ

तिमी उसको दया र आशीर्वाद कुर्नेछौ

पर्खंदा पर्खंदै ओइलाउने छौ


त्यस अचल अटल मूर्ति केही बोल्ने छैन

लुप्त शक्तिले थिचिरहन्छ, केही खोल्ने छैन

म चाहन्थे

तिम्रै वरिपरि घुमीघुमी बगिरहुँ

फैलिंदै फैलिंदै सागर बनिरहुँ


तिम्रा पत्रपत्र मधुर र सुवासिला रहिरहुन्

मभित्र चुर्लुम्म डुबिरहुन्, उत्रिरहुन्


प्रिय फूल

पत्थरिलो पहाडबाट झरना बनी बज्रनैपर्छ

मैले तलतल कलकल बग्नैपर्छ

बदलियोस्, तर बदलिंदैन उस्तै छ

इतिहासको बहाव कठोर उस्तै छ

फूल, खोला र प्रेम उस्तै छ


कमेन्ट गर्नुहोस्