
तिलोत्तमा सिटी न्युज, भदौ २७ गते २०७९। लायन्स क्लव अफ बुटवल फ्लोरेन्सले रुपन्देहीको तिलोत्तमा ३ सीमानगरमा स्वास्थ्य शिबिर सम्पन्न गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रम गरिएको क्लवका अध्यक्ष सुनिता पाण्डेले बताउनुभयो।लायन्सले सो क्षेत्रमा बिगत १ बर्षदेखि निरन्तर लायन्स सर्भिस प्रोजेक्ट गरिरहेको हो। सो अवसरमा बोल्दै लायन्स क्लव ३२५ पीका फस्ट भाइस ड्रिस्ट्रिक गभर्नर अर्जुनमान सैँजूले सामाजिक उत्तरदायित्व बहन गरेकोमा खुसी व्यक्त गर्नुभयो ।
लायन्स क्लव ३२५ पीका सेकेण्ड भाइस ड्रिस्ट्रिक गभर्नर पुरुषोतम भक्त प्रधानांग, एरिया ३ का चिफ एमएल पाण्डे, रिजन चियस पर्सन मिना भारी, जोन चियस पर्सन गंगा श्रेष्ठ लगायतले बोलेका थिए । सो शिबिरमा डा बिजय केसी, किरण सुबेदी , सन्तोषी थपलियाले बिरामीको चेकजाँच र औषधि बितरण गरेका थिए ।कार्यक्रम सचिब गिता न्यौपानेको संचालन र प्रथम उपाध्यक्ष शान्ता भण्डारीको संयोजनमा भएको थियो ।
कमेन्ट गर्नुहोस्