लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सतपाल जी महाराजको जन्मदिनमा रक्तदान, १०२ पिन्ट रगत संकलन

tillotmacitynews - 2022 Sep 10 11:27 PM
IMG

पदम बुढाथोकी, भदौ २५ गते २०७९। मानव धर्मका प्रणेता सद्गुरुदेव श्री सतपालजी महाराजको पावन शुभ जन्मोत्सवको पावन अवसरमा गरिएको रक्तदान सम्पन्न भएको छ। सो रक्तदान कार्यक्रममा १०२ जनाले रक्तदान गरेका छन । प्रत्येक बर्ष महाराजको जन्मोत्सव कार्यक्रममा उल्लेख्य रक्तदान गरिने र सो कार्यक्रममा उल्लेख्य उपस्थित हुने गर्दछन । नेपाल मानव धर्म सेवा समिति श्री हंसयोग आश्रमकी प्रमुख महात्मा अम्बिका बाईजीको अध्यक्षतामा रक्तदान कार्यक्रम सम्पन्न भएको थियो। 


कार्यक्रममा समितिका अध्यक्ष चोपनारायण बन्जाडेले स्वागत मन्तव्य राख्नु भएको थियो भने संस्थाका पुर्व अध्यक्ष चेतनारायण गौतमले संस्थाको परिचय सहितको मन्त्यव्य राख्नुभएको थियो । महात्मा मन्जुला बाईजी, महात्मा गोर्वधन बाईजी ले सद्गुरुदेव श्री सतपालजी महाराजको सु स्वास्थ्य दिर्घायुको कामना सहित अध्यात्मले नै समाज, देश हुदै विश्व शान्तिको सम्भावना रहेको बताउनु भयो ।


कार्यक्रममा विश्व हिन्दु महासंघका केन्द्रिय आमन्त्रीत सदस्य एवम् विश्व हिन्दु युवा संघ रुपन्देहीका अध्यक्ष शिव मल्लले महाराजको सु–स्वास्थ्यको कामना सहित मानव धर्मको बारेमा उपस्थित भई सत्संग श्रवण गर्नुको आनन्द छुट्टै रहने बताउनुभयो । कार्यक्रको सञ्चालन मानव धर्म युवा संगठनका केन्द्रिय उप–संयोजक भिम गुरुङले गर्नुभएको थियो ।



कमेन्ट गर्नुहोस्