लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

१२ बुँदे लुम्बिनी घोषणा पत्र जारी गर्दै सकियो युवा सम्मेलन (घाेषणापत्रकाे पुर्ण पाठ सहित)

tillotmacitynews - 2022 Sep 10 10:39 AM
IMG

तिलोत्तमा सिटी न्युज, भदौ २५ गते २०७९।रुपन्देहीको तिलोत्तमा जारी लुम्बिनी युवा सम्मेलन १२ बुदे लुम्बिनी घोषणा पत्र सार्वजनिक गर्दै सम्पन्न भएको छ ।नेपालका हजारौँ किशोरकिशोरी तथा युवाहरूलाई गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारीका साथै राज्य संयन्त्रहरू, राज्य निर्माणमा उनीहरूको अर्थपूर्ण सहभागिता गराउनु पर्ने उद्धेश्यका साथ भएको युवा सम्मेलन १२ बुदे घोषणा पत्र सार्वजनिक गर्दै सकिएको हो ।सम्मेलनले युवा शान्ति र सुरक्षा सम्बन्धी संयुक्त राष्ट्रसंघको संकल्प प्रस्ताब २२५० लाई सम्मान गर्दै यसलाई लागू गर्न, हिंसाको अन्त्य गर्न, द्वन्द्वबाट प्रभावित परिवार, घाइते युवाहरूलाई सम्मानजनक जीवन जिउने अधिकार संरक्षणको लागि माग गरेको छ ।


त्यसैगरी प्रदेश र स्थानीय तहमा योजना तर्जुमा, नीति निर्माण र कार्यक्रममा युवाहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न युवा सहभागिता निर्देशिका जारी गर्न तथा प्रदेश र स्थानीय तहले युवा तथा किशोरकिशोरीहरुको क्षेमता अभिवृद्धि गर्दै छुवाछुत, बालविवाह, मानव बेचबिखन, दाइजो प्रथा, छाउपडी जस्ता कुरीतिहरूको अन्त्य र लागु पदार्थ दुव्यवसनी, ओसार पसार, विक्रि वितरणमा कडा कदम चाल्न माग गरेको छ ।त्यस्तै युवाहरूलाई कृषि, सहकारी, बचत र उद्धमशिलता जस्ता कार्यक्रमसँग जोड्दै स्वदेशमा नै बस्ने वातावरण सिर्जना गर्न तथा कम्तिमा एक पालिकामा एक मनोविमर्शकर्ता, एक शैक्षिक संस्था, एक स्वास्थ्यकर्मी, एक पालिकाको एक युवा सहजकर्ताको व्यवस्था गरी कार्य गर्न पनि घोषणा पत्रमा माग गरिएको छ ।


युवा सम्मेलनको समापन गर्दै लुम्बिजी प्रदशेका कानुन महिला तथा जेष्ठ नागरिक मन्त्री रमा घर्तिले प्रदेश सरकारले किशोर किशोरी तथा युवाहरुको लागि बिभिन्न कार्यक्रम गर्न बजेट बिनियोजन गरिएको बताइन् ।मन्त्री घर्तिले तीन तहका सरकारले युवाहरूको वृद्धि विकास, शिक्षा, स्वास्थ्य, खेलकुद, क्षमता अभिवृद्धि, सचेतना, कृषि उद्यम तथा उद्यमशीलताको लागि आबश्यक बजेटको व्यवस्था गरेको उल्लेख गरिन् ।उनले यस्ता खालका कार्यक्रमले युवाहरुको क्षमता बिकासमा टेवा पुर्‍याउनका साथै समाज रुपान्त्रणमा बिशेष योगदान दिएको बताइन्।कार्यक्रममा शिवराज नगरपालिका कपिलबस्तुकी उपप्रमुख शिवकुमारी थारु, राजपुर गाउँपालिका दाङकी उपाध्यक्ष धनपतदेवि यादव, पालीनन्द गाउँपालिका नवलपरासीकी उपाध्यक्ष फतिमा खातुन, अर्थ मन्त्रालयका अर्थ बिज्ञ डा. लक्ष्मण न्यौपाने लगाएतले बोल्दै स्थानिय र प्रदेश सरकारले किशोर किशोरीका क्षेत्रमा आबश्यक नीति र बजेटको प्रबन्ध मिलाईएको बताएका छन्।


कार्यक्रममा युवा परिषद् लुम्बिनीका उपाध्यक्ष गोविन्द बहादुर खत्रि, स्ट्रोम फाउण्डेसनका बरिष्ठ कार्यक्रम संयोजक जीवन कुमार बस्नेत, किर्डाक नेपालका कार्यक्रम निर्देशक गौतमराज अधिकारी, सिद्धार्थ सामाजिक बिकास केन्द्रका कार्यक्रम प्रबन्धक प्रकाश घिमिरे लगाएतले बोल्दै स्थानीय तहलाई बाल मैत्री, अपाङ्गता मैत्री, लैङ्गिक मैत्री, बालश्रम मुक्त, बालविवाह मुक्त र पोषण, अभियानलाई प्रवद्र्धन गर्दै किशोरी तथा युवतीहरूमाथि हुने यौनजन्य हिंसाको अन्त्यका लागि आवश्यक नीति, कार्यक्रम, कानून र बजेटको व्यवस्था सुनिश्चित गर्न माग गरे । 


लुम्बिनी घोषणा पत्रको पूर्णपाठ 

कमेन्ट गर्नुहोस्