लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा मा सु-आहाराको सिकाई सम्बन्धी कार्यशाला गोष्ठी

IMG

तिलोत्तमा सिटी न्युज, भदौ २२ गते २०७९। रुपन्देहीको तिलोत्तमा नगरपालिकामा आफ्नो कार्य गरिरहेको सु-आहारा दोस्रो कार्यक्रमको सिकाई आदान प्रदान सम्बन्धी कार्यशाला गोष्ठी आज सम्पन्न भएको छ।मणिग्राम पार्टी प्यालेशमा भएको सो कार्यक्रममा सुआहारा संग सम्बन्धित् सबै स्वास्थ्यकर्मी, जनप्रतिनिधि,सरोकारवाला तथा सु आहारा सेतो गुरांशका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।गोष्ठीमा सुनौला हजार दिनका चरणहरुका बारेमा तथा गर्भवती महिला तथा जन्मने बच्चाको स्वाथ्यका बारेमा प्रदेश कार्यक्रम संयोजक भरत शर्माले सहजीकरण प्रस्तुति गरेका थिए। त्यस्तै सो सहजीकरण अन्तरक्रिया एबम गोष्ठीमा राखेका जिज्ञासा तथा प्रशं र सुझाब हरुको निराकरण समेत गरिएको थियो।


सो कार्यक्रममा बोल्दै नगर उप प्रमुख जगेश्वर देवी चौधरीले सुआहारा सबै नगर बासीको घर घरमा पुगेर गर्भवती र तिनका परिवारलाई समेत आभास हुने गरी काम गर्नु पर्ने बताईन। उनले बच्चा र आमाको स्वास्थ्यको बारेमा गम्भीर बन्न सबै स्वास्थ्यकर्मी, सरोकारवाला निकाय तथा गर्भवती स्वयं परिवारपनि त्यसबारेमा चनाखो हुनुपर्ने बताईन।कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख मोति प्रसाद पौडेल,स्वास्थ्य कार्यालय प्रमुख गौरव ढकाल,सेतो गुँरासका अध्यक्ष शकुन्तला देवी पुन,वडा नम्बर ८ का अध्यक्ष कृष्ण प्रसाद पौडेल, स्वास्थ्य इन्चार्ज रामेश्वर ढकाल लगायतले सुआहाराका सकारात्मक तथा प्रभाविय कुराको बारेमा आफ्ना भनाई प्रस्तुत गरेका थिए। 

 

नगर उप प्रमुख जगेश्वर देवी चौधरीको अध्यक्षता तथा नगर प्रमुख रामकृष्ण खाणको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण आर्याल, शिक्षा शाखा प्रमुख गंगाराम आचार्य, स्वास्थ्य शाखा प्रमुख मोति प्रसाद पौडेल,स्वास्थ्य कार्यालय प्रमुख गौरव ढकाल,सेतो गुँरासका अध्यक्ष शकुन्तला देवी पुन, सदस्य गोमती सुनार,प्रबन्ध निर्देशक सुमित्रा शर्मा,प्रदेश कार्यक्रम संयोजक भरत शर्मा, सबै वडा कार्यालयका वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरु तथा सबै वार्डका स्वास्थ्य चौकीका इन्चार्ज एबम स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयम् सेविका, सुआहाराका प्रतिनिधीहरुको उल्लेख्य उपस्थिति रहेको थियो।कार्यक्रमको संचालन स्वास्थ्यकर्मी राम प्रसाद ढकालले गर्नुभएको थियो।   


कमेन्ट गर्नुहोस्