लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रुइतलाई पद्मश्री गाैरव, ज्ञवालीलाई पद्मश्री साहित्य र ठकुरीलाई पद्मश्री साधना सम्मान दिइने

IMG

तिलोत्तमा सिटी न्युज, भदौ १७ गते २०७९। अघिल्लो सालको पद्ममश्री गाैरव पुरस्कार डा. सन्दुक रुइतलाई प्रदान गरिने भएकाे छ । डा. रुइतलाई दुर्गम क्षेत्रमा गएर आँखाकाे माेतियाबिन्दुसम्बन्धी शल्यक्रिया गरेर धरैलाई ज्याेति प्रदान गरेकाे याेगदानकाे कदर गर्दै पुरस्कार दिइने भएकाे हाे । 


यस्तै पद्यमश्री साहित्य पुस्कार कथाकार केशवराज ज्ञवालीलाई प्रदान गरिने भएको छ । ज्ञवालीको 'अर्काे भोर' कथा सङ्ग्रह कृतिका लागि पुरस्कार प्रदान गरिने भएको हो । यस्तै पद्यश्री साधना सम्मानबाट कथाकार माया ठकुरीलाई प्रदान गर्ने निर्णय गरिएको छ। ठकुरीलाई आधुनिक कथाको क्षेत्रमा महत्त्वपूर्ण योगदान गरेबापत पुरस्कार प्रदान गर्न लागिएको खेमलाल हरिकला समाज कल्याण प्रतिष्ठानले जनाएको छ ।  


तीन वटै पुरस्कारको राशी तीन लाख रुपैयाँ रहेको छ । आउँदाे दशैँकाे कोजाग्रत पूर्णिमाको दिन एक कार्यक्रम आयोजना गरी पुरस्कार प्रदान गरिने प्रतिष्ठानले जनाएको छ । 

कमेन्ट गर्नुहोस्