लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमामा विद्यार्थी गुणीय चक्र अभिमुखिकरण तालिम

IMG

तिलोत्तमा सिटी न्युज, भदौ १२ गते २०७९।  रुपन्देहीको तिलोत्तमामा गुणीय चक्र अभिकर्ता पुनर्ताजगी तालिम सम्पन्न भएको छ । रुपन्देही हबको आयोजनामा संचालित तालिममा विद्यार्थी गुणीय चक्रका बिभिन्न समस्या पहिचान र समाधानका औजारहरुको बारेमा प्रशिक्षण दिइएको थियो ।


मणिग्रामस्थित न्यू इन्भारन्मण्ट स्कूलमा सम्पन्न तालिममा यस क्षेत्रमा झण्डै २ दर्जन शिक्षक शिक्षिकाहरुको सहभागिता रहेको थियो ।कार्यक्रममा क्वेष्ट नेपालका सल्लाहाकार तथा सिनियर माष्टर ट्रेनर दिपक गौतम, रुपन्देही हवका हव कोर्डिनेटर तथा माष्टर ट्रेनर ध्रुव खरेल साथै अन्य माष्टर ट्रेनरहरु प्रभात केसी र सुर्य पौडेलले प्रशिक्षण दिए ।


हव कोर्डिनेटर ध्रुव खरेलको अध्यक्षता, न्यु इन्भाइरन्मण्ट माबिका प्राचार्य तथा माष्टर ट्रेनर मधु प्रकास ज्ञवालीको प्रमुख आतिथयतामा सम्पन्न कार्यक्रमको सञ्चालन माष्टर ट्रेनर बाबुराम गैरेले गरेका थिए । रुपन्देही हबले आगामी भदौ २५ गते हव सम्मेलन सञ्चालन गर्ने हव कोर्डिनेटर खरेलले जानकारी दिए ।


कमेन्ट गर्नुहोस्