लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

एनआरएनए नन रेसिडेन्ट नेपाली एशोसिएसनद्धारा माडीका २ वटा विद्यालयमा शैक्षिक सामाग्री वितरण

IMG

तिलोत्तमा सिटी न्युज, भदौ १२ गते २०७९।  नेपालमा मातृ भूमि सेवा यात्रा सञ्चालन गरिरहेको एनआरएनए नन रेसिडेन्ट नेपाली एशोसिएसनले चितवनको माडीका विभिन्न विद्यालयहरुमा अध्यानरत गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गर्ने कार्यक्रम अन्तगर्त नगरपालीकाको वडानम्बर २ मा रहेको श्री राष्ट्रिय आधारभुत विद्यालय र वडा नम्बर ९ मा रहेको श्री आधारभुत विद्यालय गोबिन्दबस्तीमा शैक्षिक सामाग्री वितरण गरेको छ ।एशोसियसनले सोमबार नेपालस्थित देउराली फाउन्डेसन मार्फत माडी नगरपालीका–२ स्थित श्री आधारभूत विद्यालयमा अध्यानरत ७० जना र वडा नम्बर ९ गोबिन्दबस्तीस्थित श्री आधारभुत विद्यालयमा अध्यानरत ३०० जना  विद्यार्थीहरुलाई कापी लगायतका शैक्षिक सामग्रीहरु वितरण गरेको हो । 


फाउन्डेसनका तर्फबाट अध्यक्ष तथा बरिष्ठ पत्रकार भीम घिमिरेले शैक्षिक सामाग्रीहरु हस्तान्तरण गर्दै विभिन्न विद्यालयमा अध्यानरत विद्यार्थीहरुलाई कापी, कमल लगायतका शैक्षिक सामग्रीहरुको अभावमा पढ्न बाट बञ्चित हुन नपरोस भनेर आफुहरुले देशै भरिका विभिन्न क्षेत्रमा रहेका सरकारी विद्यालयहरुमा शैक्षिक सामग्रीहरु वितरण गर्ने अभियान चलाएको र सोही अनुरुप नै माडिमा रहेका यी दुई वटा विद्यालयमा आज शैक्षिक सामग्रीहरु वितरण गरेको बताउनु भएको छ ।पत्रकार घिमिरेले आफुले यस अघि पनि यी विद्यालयमा शैक्षिक सामाग्रीहरु वितरण गरको यहाँका बालबालिको आवश्यकतालाई मध्नजर गरेर पुनः शैक्षिक सामग्रीहरु लिएर आएको र पहिलेको कापी, कलमहरुलाई विद्यार्थीहरुले सहि रुपमा सदुपयोग गरेको भन्ने प्रतिक्रिया पाएको भन्दै खुशी व्यक्त गुर्न भएको थियो । 


त्यस्तै शैक्षिक सामाग्री वितरकको तर्फबाट रेडियो हिमालयका सञ्चालक बुद्धि विश्वकर्माले आफुहरुले यस अघि पनि यी विद्यालयहरुमा पनि शैक्षिक सामाग्रीहरु वितरण गरेको र आज फेरि विद्यालयको आवश्यकतालाई मध्यनजर गर्दै पुनः शैक्षिक सामाग्रीहरु वितरण गर्न आएको बताउदै फेरि पनि यी क्षेत्रका विद्यार्थीहरुको पढाईमा अवरोध सिर्जना नहोस भनेर पनुः शैक्षिक सामाग्री वितरण गर्ने प्रतिद्धता व्यक्त गर्नु भएको थियो । शैक्षिक सामाग्री वितरण कार्यक्रमका प्रमुख अथिति निर्माण व्यवसायी बलबहादुर परियारले यो कार्यक्रमलाई माडी क्षेत्रमा सञ्चालन गरेर यहाँका विद्यार्थीहरुको पढाइमा सहयोग पुगेको भन्दै वरिष्ठ पत्रकार भीम घिमिरे, बुद्धि विश्वकर्मा सहित एनआरएनए नन रेसिडेन्ट नेपाली एशोसिएसन र देउराली फाउण्डेसनलाई धन्यवाद दिदै आफुले पनि यस कार्यक्रमलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।


 कार्यक्रममा उपस्थित दलित समुदायका अगुवा तथा स्थानिय नेता केदार गायकले एनआरएनए नन रेसिडेन्ट नेपाली एशोसिएसन र देउराली फाउण्डेसनको समुहले यसरी माडिका क्षेत्रमा रहेका विद्यालयमा नै पुगेर पत्येक विद्यार्थीको हात हातमा शैक्षिक सामाग्री पु¥याएको खुशी व्यक्त गर्दै फेरि आउदा दिनमा पनि यहाँका क्षेत्रका विद्यालयमा भीम घिमीरे र बुद्धी विश्कर्मा सहितको समुहले यसरी नै सहयोग गर्ने अपेक्षा व्यक्त गर्नु भएको थियो ।वडानम्बर २ स्थित श्री राष्ट्रिय आधारभुत विद्यालयका प्रधानाध्यापक दयाराम आचार्य, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण दवाडी र वडा नम्बर ९ मा रहेको गोबिन्दबस्तीस्थित श्री आधारभुत विद्यालयका प्रधानाध्यापक विश्वनाथ गिमीरे  संस्थाहरुले यस अघि पनि आफुहरुको विद्यालयमा शैक्षिक सामाग्रीहरु वितरण गरेको र फेरि पनि शैक्षिक सामाग्रीहरु वितरण गरेको भन्दै खुसी हुनुको साथै सामाग्री वितरक टोलीलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।


उहाँहरुले एनआरएनए नन रेसिडेन्ट नेपाली एशोसिएसन र देउराली फाउण्डेसनले यस अघि वितरण गरेका शैक्षिक सामाग्रीहरुले विद्यार्थी सहित विद्यालय परिवारलाई पनि ठुलो सहयोग पुगेको भन्दै फेरि पनि सहयोगको अपेक्षा रेहेको बताउनु भएको थियो ।कार्यक्रममा रेडियो हिमालयका अध्यक्ष बुद्धि विश्वकमाकी आमा  जानुका विश्वकर्मा, दुई वटै विद्यालका शिक्षक, शिक्षीका, अभिभावक लगायत विद्यार्थीहरुको भव्य उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थित विद्यार्थी, शिक्षक, शिक्षीका लगायत अभिभावकहरुले प्रत्येक विद्यार्थीको हातहातमा नै शैक्षिक सामाग्रीहरु उपलब्ध गराएको भन्दै एनआरएनए नन रेसिडेन्ट नेपाली एशोसिएसन र देउराली फाउण्डेसनको टिमलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । 


परदेशमा बस्ने नेपालीहरुको साझा तथा परोपकारी संस्था एनआरएनए नन रेसिडेन्ट नेपाली एशोसीएसनले बिद्यालय जाने गरिब तथा जेहेन्दार बिद्यार्थीहरुले  कापी, कलमको अभाबमा स्कुल छोड्न नपरोस भनि यो अभियान चलाएको हो। एशोसीएसनले हाल सम्म नेपालका २ हजार ५  सय बालबालिका लाइ कापी, कलम लगायतका शैक्षिक सामाग्री वितरण गरि सकेको छ। 


कमेन्ट गर्नुहोस्