लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

मृगौला तथा मुटु पिडीत सरोकार समाजद्धारा राहात वितरण

IMG

तिलोत्तमा सिटी न्युज, भदौ १२ गते २०७९।  मृगौला तथा मुटु पिडीत सरोकार समाजको आयोजनामा विभिन्न संघ संस्थाहरुको सहयोगमा संकलित भएको राहत वितरण गरिएको छ । आईतबार संस्थाले एक कार्यक्रमको आयोजना गरी मृगौला पिडीत तथा मुटु पिडीतहरु १ सय जनालाई राहत प्रदान गरेको हो ।


 संस्थाका अध्यक्ष रमेश केसीको अध्यक्षतामा भएको कार्यक्रममा नेपला समाजका अध्यक्ष  चिरन्जीवी नेपाल को को प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । रेखा श्रेष्ठको  संयोजकत्वमा भएको  कार्यक्रम संयोजक सदस्यमा कृष्ण मल्ल रहेका थिए । संस्थाका कोेषाध्यक्ष चुरामणी बन्जाडेका अनुसार करिव २  लाख ५० हजार रुपैयाँ बराबरको राहत संकलन गरी वितरण गरिएको हो । 


साथै सोही कार्यक्रममा मृगौला  तथा मुटु पिडीत सरोकार समाज का अध्यक्ष रमेश केसीका धर्मपन्ती स्वर्गीय रिमादेवी केसीको बार्षिक पुन्यतिथीका अवसरमा मृगौला पिडीत तथा मुटु पिडीत भएका २  सय व्याक्तिहरुलाई निःशुल्क भोजन गराएका थिए । 

कमेन्ट गर्नुहोस्