
तिलोत्तमा सिटी न्युज, भदौ ११ गते २०७९। कालिका युवा क्लबको आयोजनामा शनिबार बुटवलको योगिकुटिमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । पछिल्लो समय बुटवलमा मात्र नभएर लुम्बिनी प्रदेशमै डेंगुको कारण देखिएको रगत अभावलाई मध्यनजर गर्दै कालिका युवा क्लबको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । रेडक्रस भैरहवाको प्राबिधिक सहयोगमा भएको उक्त रक्तदान कार्यक्रम योगिकुटी चोक आकाशेपुल नजिकैको प्रांगणमा भएको थियो ।
बिगतमा खेलकुद र सामाजिक कार्यमा अग्रसर रहेको क्लब अहिले फेरी सबै दर्ता प्रक्रिया अपनाउदै पुन: सुरु भएको क्लबले रक्तदान कार्यक्रम बर्षाका कारण निर्धारित समय भन्दा केहि ढिला सुरु भएको थियो । उक्त रक्तदान कार्यक्रममा कालिका युवा क्लबका अध्यक्ष सन्दिप गुरुङ्ग, प्रमुख अतिथि बुटवल उपमहानगरपालिका वडा नम्बर १० का अध्यक्ष बलु पुन मगर र नेपाल स्वयम् सेवी रक्तदाता समाज तिलोत्तमाका अध्यक्ष गोविन्द भुसाल, स्थानिय युवा समाजसेवी तथा कालिका युवा क्लबका युवाहरुको बाक्लो सहभागिता रहेको थियो ।
रक्तदान कार्यक्रममा ५१ जनाले रगतदान गरेका थिए । औपचारिक रुपमा सुरु भएको रक्तदान कार्यक्रममा कालिका युवा क्लबका अध्यक्ष सन्दिप गुरुङ्गले रक्तदान गर्ने दाताहरु, रेडक्रस भैरहवा शाखा, रत्तदानमा खटिएका स्वास्थ्यकर्मी, रक्तदान कार्यक्रम सफल बनाउनका लागी सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।
उक्त रक्तदान कार्यक्रममा प्रमुख अतिथि बुटवल उपमहानगरपालिका वडा नम्बर १० का अध्यक्ष बलु पुन मगर र नेपाल स्वयम् सेवी रक्तदाता समाज तिलोत्तमाका अध्यक्ष गोविन्द भुसाल लगाएतले बोल्दै क्लबहरुले आगामी दिनहरुमा यस्तै खालका कार्यक्रमको आयोजना गर्ने र गाउँ समाजमा देखिएका समस्याहरु समाधान गर्नका लागी समयाअनुकुल कार्यक्रमहरु ल्याउनका लागी अनुरोध गर्दै क्लबका सबै सदस्य प्रति धन्यवाद ब्यक्त गरेका थिए ।रक्तदान कार्यक्रम क्लबका सचिव गोपाल गैरेको स्वागत तथा उमेश श्रेष्ठको संचालनमा सम्पन्न भएको थियो।
कमेन्ट गर्नुहोस्