
तिलोत्तमा सिटी न्युज, भदौ ८ गते । काठमाडौँ उपत्यकामा थुप्रिएको सबै फोहर व्यवस्थापनको काम ४ दिनमा सकिने काठमाडौं महानगरपालिकाले जनाएको छ । टेकु ट्रान्फर स्टेसनमा रहेका बाहेक सडकमा जथाभावी थुपारिएको सबै फोहर व्यवस्थापनको काम यही सातासम्ममा सक्ने गरी काम भइरहेको महानगरपालिकाको वातावरण विभागका प्रमुख सरिता राईले जानकारी दिइन्। प्रमुख राईका अनुसार मुख्य सडकमा रहेको सबै फोहरको व्यवस्थापन कार्य सकिएको छ, अब भित्री सडकमा रहेको केही फोहर बाँकी छन् त्यसको पनि अन्तिम व्यवस्थापनको काम आगामी शनिबारसम्ममा सकिने छ ।
कमेन्ट गर्नुहोस्