लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लायन्स क्लब अफ भलवारीले सुरु गर्यो नि:शुल्क मधुमेह परिक्षण

tillotmacitynews - 2022 Aug 19 05:56 PM
IMG

तिलोत्तमा सिटी न्युज, भदौ ३ गते २०७९ । सामजिक कार्यमा सदैब अग्रसर लायन्स क्लब अफ भलवारीले आज श्रीकृष्ण जन्मास्टमीको अवसर पारेर नि:शुल्क मधुमेह परिक्षण शुरु गरेको छ । तिलोत्तमा-७ भलवारीस्थित ग्रेस पोलिक्लिनिकमा आज आयोजित एक समारोहका बीच नि:शुल्क मधुमेह परिक्षण कार्यको शुभारम्भ गरिएको हो । अब प्रत्येक शुक्रबार भलवारी चोकमा रहेको ग्रेस पोलिक्लिनिक भित्र रहेको सन्तोषी ल्याबमा गएर आम सर्वसाधारणले नि:शुल्क रुपमा मधुमेह परिक्षण गराउन पाउनेछन । मधुमेह परिक्षण गराउन हरेक शुक्रबार बिहान ७ बजे देखि ९ बजेसम्मको समय निर्धारण गरिएको आज आयोजित कार्यक्रम मार्फत क्लबले जानकारी दिएको छ । आज बिहान करिब ७५ जनाले  नि:शुल्क मधुमेह परिक्षण गराएको र सो मध्ये ३२ जनामा समस्या देखिएको लायन्स क्लब अफ भलवारीका अध्यक्ष लायन अरुण पन्थीले जानकारी दिए ।



यसअघि आजै आयोजित उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि लायन्स डिस्ट्रिक ३२५ पी का डिस्ट्रिक गभर्नर पीएमजेएफ लायन नवराज न्यौपानेले, अहिलेको असमान्य खानपान र दौडधुप पूर्ण जिन्दगीमा मधुमेहको समस्या धेरैलाई देखिने गरेको भन्दै खानपान र जीवनशैलीमा सुधार ल्याउनुपर्ने आवश्यकता औल्याए । साथै उनले लायन्स क्लब अफ भलवारीले सुरुवात गरेको पून्यको यो कामले भलवारी क्षेत्रका आम सर्वसाधारणलाई धेरै फाइदा पुग्ने समेत बताए । कार्यक्रममा बिशिस्ट अतिथि लायन्स डिस्ट्रिक ३२५ पी का प्रथम गभर्नर लायन अर्जुनमान सैंजु, लायन्स डिस्ट्रिक ३२५ पी का दिप्तिय गभर्नर लायन पुरुषोत्तमभक्त प्रधानाङ्ग, तिलोत्तमा वडा न: ७ का अध्यक्ष देवी प्रसाद पंगेनी, अतिथिहरु एरिया ५ का चिफ लायन संगम न्यौपाने, जोन ३८ का जोन चेयरपर्सन लायन श्रवण कुमार खाम्चा, लोकेटार टोलबिकाश सस्थाका अध्यक्ष बिनोद कुमार श्रेष्ठ, मनकामना टोलबिकाश सस्थाका अध्यक्ष तारा भुसाल लगायतको उपास्थिति रहेको थियो । लायन्स क्लब अफ भलवारीका अध्यक्ष लायन अरुण पन्थीको अध्यक्षता र प्रथम उपाध्यक्ष लायन अर्जुनसिह चौधरीले संयोजकको भूमिका निर्वाह गरेको कार्यक्रमको संचालन क्लबका सचिब लायन मिन तिवारीले गरेका थिए ।

                                                                

कमेन्ट गर्नुहोस्