
तिलोत्तमा सिटी न्युज, भदौ १ गते २०७९। रुपन्देही व्यापार संघमा आवद्ध पुस्तक तथा स्टेशनरी व्यवसायीहरुको सम्पन्न भएको वृहत भेलाले वस्तुगत उपसमिति गठन गरेको छ । संघको सचिवालयमा भएको उक्त भेलाले ईशु देवकोटाको संयोजकत्वमा ११ सदस्यीय पुस्तक तथा स्टेशनरी वस्तुगत उपसमिति गठन गरेको हो । पुस्तक तथा स्टेशनरी उपसमितिको सह–संयोजकमा विष्णु पाण्डे, सचिवमा निरज पाण्डे, सह–सचिवमा रामप्रसाद भुसाल, कोषाध्यक्षमा विजय घिमिरे र सदस्यहरुमा राजु भारी, माधव बस्याल, थिरलाल भट्टराई, विमल घिमिरे, पुष्पा भुसाल लोहनी र बन्दना पाण्डे रहनुभएको छ भने सल्लाहकारहरुमा रामकृष्ण चापागाई, गोपाल बस्याल, रामु अधिकारी, बोधराज शर्मा, हेमानन्द शर्मा, राजु कार्की र दिपक पाठक रहनुभएको छ ।
कार्यक्रममा प्रमुख अतिथि संघका निवर्तमान अध्यक्ष एवं नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका केन्द्रीय उपमहासचिव यमलाल लोहनीले संस्थागत हित र संस्थाको सुदृढिकरणका लागि सबैको भूमिका महत्वपूर्ण हुने भन्दै सबैलाई जिम्मेवार भएर पेशा व्यवसाय सञ्चालन गर्न आग्रह गर्दै व्यवसायको सफलताको समेत शुभकामना दिनुभएको थियो ।यस्तै भेलामा संघका प्रथम उपाध्यक्ष प्रकाश ढकाल, सह–सचिव ऋषिराम पाण्डे, कार्यसमिति सदस्य मनहरि बस्याल र नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा रुपन्देहीका अध्यक्ष रामकृष्ण चापागाईलगायतले विभिन्न पक्षहरुका बारेमा बोल्दै व्यवसायीहरुको संगठनात्मक भूमिका र औचित्यका बारेमा बताउनुभएको थियो ।
कार्यक्रममा नव निर्वाचित संयोजक ईशु देवकोटाले आफ्नो कार्यकालको प्रतिबद्धता मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा पुस्तक तथा स्टेशनरी वस्तुगत उपसमितिका संयोजक रामु अधिकारीको अध्यक्षता एवं सचिव विष्णु पाण्डेको संचालनमा सम्पन्न भएको थियो ।
कमेन्ट गर्नुहोस्