लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

दम्कडामा दृष्टिबिहिनलाई बहुउपयोगी डिजिटल शैक्षिक सामाग्री वितरण

IMG

तिलोत्तमा सिटी न्युज, साउन ३० गते २०७९। पाल्पाको तानसेन नगरपालिका वाड नं ९ स्थित दम्कडा माध्यमिक विद्यालयमा शनिबार बहुउपयोगी शैक्षिक सामग्रि वितरण कार्यक्रम सम्पन्न भएको छ । मेचि महाकाली बुहारी संयुक्त आवाज संस्थाको आयोजना र यार्डली सोहिहुल नेपाली परिवारको आर्थिक सहयोगमा  बहुउपयोगी शैक्षिक सामाग्रि सोही विद्यालयका ३० जना दृष्टिबिहिन विद्यार्थीहरु लाभान्वित हुने गरी वितरण गरिएको हो ।


कार्यक्रममा बोल्दै तानसेन नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समितीका अध्यक्ष राजेश कुमार अर्यालले दम्कडा माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टि सम्वन्धि अपाङ्गता भएका बालबालिकाहरूलाई  अन्तराष्ट्रिय स्तरको गुणस्तरीय एवम् प्रविधिमैत्रि शिक्षा दिने योजनामा यो कार्यक्रमले एउटा इटा थपेको बताउनुभयो । साथै वहाँले आगामी दिनमा यस्तै विभिन्न संस्थाहरूले सहयोग र सहकार्य गरेमा गुणस्तरीय शिक्षा प्रदान गर्न सकिने विश्वास पनि व्यक्त गर्नुभयो । त्यस्तै कार्यक्रममा विद्यालयका प्रधानध्यापक मोहन प्रसाद सापकोटाले आजको प्रविधिको युगमा सुचना र प्रविधिका क्षेत्रमा विकसित विभिन्न अत्याधुनिक उपकरणहरूको प्रयोगबाट दृष्टिबिहिन बालबालिकाहरूलाई उच्च स्तरको शिक्षा दिइ सक्षम र प्रतिस्पर्धि नागरिकका रूपमा तयार पार्ने योजना खुलस्त पार्नु भयो ।


मेचि महाकाली बुहारी संयुक्त आवाजकी प्रमुख शान्ता सोमाइको अध्यक्षता र विद्यालयका प्रधानाध्यापक एवम् विद्यालय शिक्षक अभिभावक संघका अध्यक्ष बालकृष्ण तिमिल्सिना लगायतको आतिथ्यतामा सम्पन्न कार्यक्रममा  २ लाख पाँच हजार बराबरको शैक्षिक सामाग्री वितरण गरिएको थियो । चालिस जनाको उपस्थितीमा सम्पन्न कार्यक्रममा ब्रेल नोट टेकर, ब्रेल डिस्प्ले लगायतका शैक्षिक सामाग्री यार्डली सोहिहुल नेपाली परिवार संस्थाका प्रमुख प्रेमलाल घिमिरेले विद्यालयलाई हस्तान्तरण गर्नुभएको हो।


कमेन्ट गर्नुहोस्