
तिलोत्तमा सिटी न्युज, साउन २६ गते २०७९। बुटवलमा डेंगु डेंगु संक्रमण बढ्दै गएपछि नियन्त्रणक लागि ‘खोज र नष्ट गर’ अभियान सुरु भएको छ । स्थानीय जनप्रतिनिधिको नेतृत्वमा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, स्वयम्सेविका लगायतको सहभागिता र सहकार्यमा अभियान सुरु हो । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले डेंगु लामखुट्टेले अण्डा पार्नसक्ने सम्भावित स्थानहरुको खोजी गरी लामखुट्टेको बासस्थान सरसफाइ र लार्भा नष्ट गर्ने अभियान चलाइएको जानकारी दिए । लुम्बिनी प्रादेशिक अस्पतालमा डेंगुका संकास्पद विरामी परिक्षण गर्दा ४० देखि ४५ प्रतिशतमा डेंगु जोरो देखिएको प्रादेशिक अस्पतालका सुचना अधिकारी डा. नेत्र रानाले जानकारी दिए । बुटवल उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले वडा नं १, ५ र ६ मा खोज र नष्ट गर अभियान सञ्चालन भइसकेको र सम्भावित अन्य क्षेत्रमा अभियान सञ्चालनको क्रममा रहेको बताए ।
कमेन्ट गर्नुहोस्