लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

दैनिक संक्रमित ८ हजार पुग्ने आलंकन : अबको एक महिना कठिन

IMG

तिलोत्तमा सिटी न्युज, साउन २४ गते २०७९। स्वास्थ्य मन्त्रालयले कोरोना महामारीको चौथो लहर नेपालमा अझै एक महिना रहने निष्कर्ष निकालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) ले हालै गरेको एक अध्ययनले तीन हप्तासम्म संक्रमण बढ्दै जाने, त्यसपछि उच्च विन्दुमा केही समय स्थिर रहने र भदौको अन्तिम साताबाट मात्र संक्रमण घट्दै जाने देखाएको छ । चौथो लहरमा दैनिक आठ हजार जनासम्म संक्रमित हुन सक्ने इडीसीडीको अनुमान छ । हिजोआज दैनिक संक्रमित संख्या एक एक हजारभन्दा कम छ । ‘आगामी तीन हप्तासम्म अझै उकालो लाग्दै जानेछ र दैनिक दुईदेखि आठ हजारसम्म नयाँ संक्रमित थपिन सक्ने आंकलन गरिएको छ’, स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘संक्रमण मध्यमविन्दुमा पुगेको छ । केही दिनमा उच्चविन्दुमा पुग्छौं ।’ उनका अनुसार संक्रमण तीन हप्तापछि मात्रै ओरालो लाग्दै जाने आंकलन गरिएको छ । ‘मानिसले खोप नलाएको वा जनस्वास्थ्यको मापदण्ड पालना नगरेको अवस्थामा संक्रमणदर बढ्ने हो । अबको एक महिना कठिन हुनसक्छ’, ती अधिकारीले भने, ‘हामीले अहिलेको संक्रमणदरको चक्रलाई आंकलन गरेको हौं । तर, यो तथ्यांक तलमाथि पनि हुनसक्छ ।’

कमेन्ट गर्नुहोस्