लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लुम्बिनी बौद्ध बिश्व बिद्यालयमा तालाबन्दी

IMG

तिलोत्तमा सिटी न्युज, साउन १८ गते २०७९ ।   अखिल ( क्रान्तिकारि )  लुम्बिनी बौद्ध बिश्वबिद्यालय समितिले लुम्बिनी बौद्ध बिश्वबिद्यालयका उपकुलपतिको कार्यकक्षमा तालाबन्दी गरेको छ । बुटवलमा रहेको बुटवल सिटि क्याम्पसमा बिद्यार्थीमाथी शिक्षण सहायकले छात्रा बिद्यार्थी माथी दुव्र्यवहार गर्ने , सामाजिक संजाल मार्फत अनैतिक क्रियाकलाप गर्ने, अराजकता प्रदर्शन गर्ने ,  बिद्यार्थी माथी मानसिक दबाब दिने खालका क्रियाकलाप गरेको बिद्यार्थीहरुको आरोप छ।


विद्यार्थीलाई त्यस्तो ब्यबहार गर्ने शीक्षकलाई कार्बाही गर्नुको साटो विभिन्न ढाकछोप गरि बिश्वबिद्यालय प्रसासन अगाडि बढेपछी तालाबन्दी गरिएको बिधार्थी नेता सङठनका जिल्ला अध्यक्ष कपिल चापागाईंले बताए। आरोपित शिक्षकले गरेको राजिनामा स्वीकृत गर्नुपर्ने र छानबिन समितिले बनाएको प्रतिबेदन सबै  बिद्यार्थीलाई सार्बजनिक गर्नुपर्ने जस्ता माग राखेर उपकुलपतिको कार्यकक्षमा तालाबन्दी गरेको छ।


अखिल ( क्रान्तिकारी ) लुम्बिनी प्रदेश समिती ज्योति थापाको हस्ताक्षरित बिज्ञप्ति टास गरि तालाबन्दी गर्ने क्रममा सङठनका जिल्ला अध्यक्ष कपिल चापागाईं, जिल्ला उपाध्यक्ष टिकाराम आचार्य र जिल्ला सदस्य गगन रेस्मिको उपस्थितिमा तालाबन्दी गरेको छ ।

कमेन्ट गर्नुहोस्