
तिलोत्तमा सिटी न्युज, साउन १८ गते २०७९ । पछिल्लो २४ घण्टामा थप ९१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार २ जनाको परीक्षणमा ९१५जनामा संक्रमण पुष्टि भएको हो । यही अवधिमा थप ३०१ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार ४३३ पुगेको छ । त्यस्तै, थप ५५ हजार ५५९ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् ।
कमेन्ट गर्नुहोस्