लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रोटरी तिलोत्तमा रुपन्देहीसँग जापानको रोटरी सेटेलाइटले सहकार्य गर्ने

IMG

तिलोत्तमा सिटी न्युज, साउन १५ गते २०७९।  रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीसँग जापानको रोटरी क्लबले सहकार्य गर्ने भएको छ । रोटरी तिलोत्तमा रुपन्देहीको शािनवार विहान बसेको ५३९ औं नियमित बैठकमा रोटरी सेटेलाईट क्लब अफ वाको २१ साकितामाका क्लबका चेयरमेन नोमिनी विष्णुप्रसाद घिमिरेले आफूहरु सहयोग र सहकार्य गर्न तयार रहेको बताए । बैठकमा प्रमुख अतिथीको रुपमा सहभागी घिमिरेले रोटरी तिलोत्तमा रुपन्देहीले नयाँ केही काम गर्न खोजेको भए प्रस्तावना पेश गर्न आग्रह गरेका थिए ।


रोटरी तिलोत्तमा रुपन्देहीका अध्यक्ष विष्णुप्रसाद भण्डारीले क्लबले यो वर्ष मुख्य गरेर अटिजम र सिकलसेल एनिमियाकाको क्षेत्रमा काम गर्न खोजेको जानकारी दिए । उनले यी दुई कार्यक्रमको लागि आफूले सहयोगको आशा गरेको उल्लेख गरे  । बैठकमा क्लबका अध्यक्ष भण्डारीले अटिजम र सिकलसेल सम्बन्धी सहयोगको लागि छुट्टा छुट्टै प्रस्तावना जापानको रोटरी सेटेलाइट क्लब अफ वाको २१ साकीतामाका चेयरमेन नोमिनी विष्णु प्रसाद घिमिरेलाई प्रदान गरेका थिए ।


बैठकमा रोटरियन डा. सतिस रुपाखेतीले बालबालिकामा अटिजमको समस्या बढदो क्रममा रहेको भन्दै यसमा सहकार्यको आवश्यक रहेको बताए । उनले भोलीका दिनमा जनसंख्याको एक प्रतिसत अटिजमको सिकार हुन सक्ने भन्दै त्यसो भएमा अर्को एक प्रतिसत हेरचाहको लागि पछि लाग्नुपर्ने अवस्था आउने उल्लेख गरे ।


क्लबले भदौको पहिलो सनिवार तिज कार्यक्रम गर्ने भएको छ । त्यसको संयोजकमा पब्लीक रिलेसन चेयर किशोरकुमार विकलाई तोकिएको छ। बैठकमा क्लबका सहसचिव अर्जुनप्रसाद आचार्यले अघिल्ला बैठकको निर्णय सुनाएका थिए । कोषाध्यक्ष टीकाराम पाण्डेले आर्थिक अवस्थाका बारेमा प्रकाश पारेका थिए । वैठकमा क्लबका पूर्व अध्यक्ष ओमप्रसाद अर्याल, प्रेसिडेन्ट नोमिनी दिपक भटराई, भाइस प्रेसिडेन्ट निराजन पोखरेल, प्रपोजल मेम्बर लगायतले आफ्ना भनाइ राखेका थिए । 


कमेन्ट गर्नुहोस्