
तिलोत्तमा सिटी न्युज, साउन १५ गते २०७९। पछिल्लो २४ घण्टामा ६२० कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ८४६ परीक्षणमा ६२० जनामा संक्रमण पुष्टि भएको हो । २ हजार ६५१ पीसीआर परीक्षण गर्दा ४९६ र ३ हजार १९५ एन्टीजेन परीक्षण गर्दा १२४ जना संक्रमित भेटिएका हुन्।
कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा एक जनाको मृत्यु भएको छ भने २९७ जना संक्रमित निको भएका छन्।हालसम्म सक्रिय संक्रमितको संख्या ४ हजार ५६७ पुगेको मन्त्रालयले जनाएको छ।
कमेन्ट गर्नुहोस्