लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

न्यू होराइजनमा एसईई उत्तीर्ण विद्यार्थीलाई बधाईसहित सम्मान

IMG

तिलोत्तमा सिटी न्युज, साउन १४ गते २०७९। बुटवलको न्यू होराइजन माध्यमिक विद्यालयले २०७८ सालका एसईई परीक्षा उत्तीर्ण विद्यार्थीलाई बधाई ज्ञापन गर्दै सम्मान गरेको छ ।विद्यालयका प्राचार्य लोकनाथ उपाध्यायको अध्यक्षता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र कसजूको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।कार्यक्रममा जीपीए ४ ल्याउने २ जना तथा अन्य उत्कृष्ट नतिजा ल्याउने ३०४ जना गरी सम्पूर्ण ३०६ जना विद्यार्थीलाई सम्मान गरिएको हो । कार्यक्रममा जीपीए ४ ल्याउने विद्यार्थीका अभिभावकहरुलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा प्रमुख विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र कसजुले उत्तीर्ण सम्पूर्ण  विद्यार्थीलाई बधाई ज्ञापन गर्दै उत्तरोत्तर प्रगति एवं प्राज्ञिक भविष्यको शुभकामना प्रदान गरे । 


कार्यक्रमका अध्यक्ष, विद्यालयका प्राचार्य लोकनाथ उपाध्यायले विद्यालय सधैँ गुणस्तरीय शिक्षाका लागि दत्तचित्त रहेको बताए  । कार्यक्रममा कक्षा १२ का विद्यार्थी समीप पौडेल, अनुराग घिमिरे, संयोजकहरु प्रकाश खनाल, मनोज सिलवाल, प्रकाश गौतम लगायतले विद्यालयले प्राप्त गरेका सफलता, प्रदान गर्न सकिने सुविधा गुणस्तरीय शिक्षाका आधारहरु र आफ्ना महत्त्वपूर्ण अनुभवहरू संप्रेषण गरे ।साथै कक्षा ११-१२ मा विज्ञान तथा व्यवस्थापन विषय अध्ययन गर्नका लागि आवश्यक पर्ने सम्पूर्ण भौतिक पूर्वाधार तथा दक्ष, अनुभवी एवं पूर्णकालीन प्राध्यापक यसै संस्थामा रहेको र सोही बमोजिम बोर्ड परीक्षा तथा विश्व विद्यालयका आइओएम, एमओई, एमईसिईई र सिए लगायतका परीक्षमा पनि प्रथम प्रयासमै नाम प्रकाशित गरी पूर्ण छात्रवृत्तिमा अध्ययन गरिरहेको समेत जानकारी प्रदान गराएका थिए ।


विद्यालयका उपप्राचार्य बालकृष्ण भण्डारीको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रमको सञ्चालन कक्षा १० का संयोजक भास्करनाथ पाण्डेले गरेका थिए ।

कमेन्ट गर्नुहोस्