
तिलोत्तमा सिटी न्युज, साउन १४ गते २०७९। संघीय सरकारका शिक्षामन्त्री देवेन्द्र पाैडेलले शिक्षकहरू कक्षाकाेठामा कम र राजनितिमा बढि सक्रिय हुनाले शिक्षाको गुणस्तर वृद्धि हुन नसकेको बताएका छन् । रूपन्देहीकाे देवदहस्थित केरवानी माध्यमिक विद्यालयकाे भवन शिलान्यास तथा सोही विद्यालयको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा बाेल्दै शिक्षामन्त्री पौडेलले शिक्षकहरूले राजनितिको मैदान छोडेर कक्षाकाेठामा समय दिनुपर्ने बताएका हुन् ।
शिक्षा ऐनले विद्यार्थीकाे क्षमता बृद्धि र विद्यालयकाे अवस्था सुधार गर्न कुनै समस्या नपारेकाे उल्लेख गर्दै उनले शिक्षा क्षेत्रकाे सुधार गर्न ऐनले नछेकेकाे बताए । शिक्षा ऐन लागू हुने प्रक्रियामा रहेकाे तर कानुन निर्माण गरेर मात्रै विद्यालय शिक्षा सुधार नहुने उनको भनाइ छ ।अब कस्ताे जनशक्ती उत्पादन गर्ने भन्ने बिषय शिक्षकहरूकाे काधमा रहेकाले शिक्षकहरू कक्षाकाेठामा बस्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिंदै उनले शिक्षा क्षेत्रकाे सुधारकाे प्रक्रिया सुरू भएकाले सबै उच्च शिक्षा, विद्यालय शिक्षा र आधाभुत शिक्षामा क्रमश सुधार गरिने बताए ।
साेही कार्यक्रममा बाेल्दै लुम्बिनी प्रदेश सभा सदस्य डा.कृष्ण न्याैपानेले देवदह क्षेत्र बुद्घसंग सम्बन्धित क्षेत्र भएका कारण लुम्बिनी बाैध्द विश्वविद्यालय निर्माणमा विशेष ध्यान दिन आग्रह गरे । उनले देवदह क्षेत्रका विद्यालयहरूकाे सुधारका लागि आफू लागिरहेकाे बताएका थिए ।वि. सं. २०१० सालमा स्थापना भएको केरवानी माध्यमिक विद्यालयको विद्यालय यस क्षेत्र कै नमूना विद्यालयको रुपमा परिचीत छ ।२०४५ सालमा एसएलसी (तत्कालीन माध्यमिक ) तहको अनुमती पाएको केरवानी माविले २०५५ सालमा १२ सम्मको अध्यापन गराउने अनुमती पाएको थियो ।
हाल करिब १ हजार ५ सयको हाराहारीमा विद्यार्थी अध्ययनरत केरवानी माविमा विज्ञान, व्यवस्थापन, शिक्षा र कृषि विज्ञान संकायमा विभिन्न विषयहरू अध्यापन हुँदै आईरहेको छ । विद्यालयमा ५५ जना शिक्षक अध्यापनरत छन् । भने अन्य कर्मचारीको संख्या ५ रहेको छ ।
कमेन्ट गर्नुहोस्