
तिलोत्तमा सिटी न्युज, साउन १३ गते २०७९। नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार २८२ नमुना परीक्षणमा ५७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ४७४ पीसीआरमा ३९१ र २ हजार ८०८ एन्टीजेन परीक्षणमा १८६ जना संक्रमित फेला परेका हुन् ।
बिहीबार एकै दिन ७१० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
२४ घण्टामा २६९ जना निको भएका छन् भने २ जनाको मृत्यु भएको छ । हालसम्म सक्रिय संक्रमितको संख्या भने ४ हजार ३५६ पुगेको छ ।
कमेन्ट गर्नुहोस्