
तिलोत्तमा सिटी न्युज, साउन १२ गते २०७९। पछिल्लो २४ घण्टामा थप ७१० जनामा कोरोनाको संक्रमण देखिएको छ भने २ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ५ हजार २५ नमुना परीक्षणमा आरटी पिसिआर विधिबाट ५२४ र एन्टिजेन विधिबाट १८६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो ।
यससँगै सक्रिय संक्रमितको संख्या ४,२३६ पुगेको छ । यस्तै २१५ जना निको भएका छन् ।
कमेन्ट गर्नुहोस्