लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

थप ३४७ मा कोरोना संक्रमण, २ जनाको मृत्यु

IMG

तिलोत्तमा सिटी न्युज, साउन ८ गते २०७९।  पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट २ जनाको मृत्यु भएको छ भने ३४७ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार  पछिल्लो  २४ घण्टामा ३ हजार ८८८ नमुना परीक्षण गर्दा ३४७ संक्रमित भएका हुन् । २ हजार ३६० पीसीआरमा ३०३ र १ हजार ५२८ एन्टिजेन परीक्षणमा ४४ जना संक्रमित फेला परेका छन् । 



२४ घण्टामा निको हुनेको संख्या ९५ रहेको छ । नेपालमा सक्रिय संक्रमितको संख्या ३ हजार १७७ पुगेको छ ।

कमेन्ट गर्नुहोस्