लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

के तपाईले डाउनलोड गरेको फाइलमा भाइरस छ ? यसरी थाहा पाउनुहोस

IMG

तिलोत्तमा सिटी न्युज, असार ३२ गते २०७९।  तपाईले इन्टरनेटबाट फाइल वा सफ्टवेयर डाउनलोड गर्नु भएकै छ होला । तपाईले डाउनलोड गरेको फाइल वा सफ्टवेयरमा भाइरस छैन् भनेर कसरी निश्चित गर्ने ?यदि तपाईको कम्प्युटरमा एन्टी भाइरस छ भने केही हदसम्म थाहा पाउछ ।  तर कुनै कुनै भाइरस एन्टीभाइरसले पनि थाहा पाउँदैन । आज हामी यसको बारेमा जानकारी दिदै छौँ ।पहिलो तरिका भनेको कुनै पनि सर्च इन्जिनमा जानुहोस् र भाइरस टोटल डटकममा जानुहोस् । भाइरस टोटलमा तपाईलाई तीनवटा विकल्प हुन्छ ।


एउटा फाइलको अर्को युआरएलको र त्यसैगरी अर्को सर्चको । यदि फाइलमा भाइरस छ कि छैन भनेर जाकारी पाउन सबैभन्दा पहिले भाइरस टोटलको फाइलमा जाने त्यसपछि चुज फाइलमा गएर फाइल सेलेक्ट गर्ने र स्क्यान गर्ने। यदि त्यो भन्दा पहिले कसैले त्यो फाइललाई स्क्यान गरेको छ भने रिएनालाइजमा गएर स्क्यान गर्न सकिन्छ । त्यसपछि तपाईँलाई रिपोर्ट जस्तो देखाउँछ । यदि त्यहाँ डिटेक्सन रिसियो जिरो छ भने त्यो फाइलमा भाइरस छैन् ।यदि भाइरस भए जिरो भन्दा अन्य अंक देखाउँछ । यदि त्यो फाइलमा भाइरस भए कुन भाइरस छ भनेर पनि त्यही बाटै हेर्न सकिन्छ ।  

कमेन्ट गर्नुहोस्