लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

ओसन पब्लिकेशन पाठ्यसामग्रीको स्वीकृती रद्द

IMG

तिलोत्तमा सिटी न्युज, असार १२ गते २०७९। ओशन पश्लिकेशनले प्रकाशनमा ल्याएको कक्षा ७ को विज्ञान तथा प्रविधि विषयको पाठ्यसामग्रीको स्वीकृत रद्द भएको छ । पाठ्यक्रम विकास केन्द्रको विहीवार बसेको बैठकले उक्त पाठ्यसामग्रीको स्वीकृती रद्द गरेको हो ।सरकारले तोकेको मूल्य भन्दा प्रति पुस्तक ५३ रुपियाँ बढी मूल्य राखेका कारण जनाउँदै उक्त पाठ्यसामग्रीको स्वीकृती रद्द गरिएको पाठ्यक्रम विकास केन्द्रकी समकक्षता मान्यता तथा मूल्याकंन शाखाकी शाखाअधिकृत तारा पाण्डेले बताइन ।


उनका अनुसार उक्त प्रकाशनको मूल्य बढी भेटिएपछि प्रकाशनलाई स्पष्टीकरण माग गरी जवाफपछि कार्वाही गरिएको हो । पाठ्यसामग्री स्वीकृती लिदा उक्त पुस्तकको मूल्य प्रकाशनले ४८८ राखेको थियो । तर बजारमा बिक्रीमा लैजादा ५४१ कायम गरिएको थियो ।उक्त पाठ्यसामग्री नीजि तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) ले मिति २०७८ चैत्र २० गते पत्राचार गरी देशभरका विद्यालयमा लागू गर्नेगरी पत्राचार गरेको थियो ।


पत्रमा ओसन पब्लिकेशनको साइन्स बुक कक्षा १ देखि १० सम्म लगाउने निर्णय भएकाले सोही अनुसार आआफ्ना मातहतका प्रदेश, जिल्ला, पालिकाका कार्यसमिति एवम् सदस्य विद्यालयहरुमा प्रयोग गर्न गराउनुहुन निर्णय गरिन्छ भनिएको थियो ।

कमेन्ट गर्नुहोस्