लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमाका ५ देखि ११ बर्षका बालबालिकालाई फाइजर खोप

tillotmacitynews - 2022 Jun 26 06:01 PM
IMG

तिलोत्तमा सिटी न्युज, असार १२ गते २०७९। तिलोत्तमा नगरपालिकामा ५ बर्ष देखि ११ बर्ष सम्मका बालबालिकालाई कोभिड बिरुद्धको फाइजर खोप लगाउन सुरु गरेको छ । आजबाट सुरुभएको फाइजर खोप नगरका ५ देखि माथि ११ बर्ष सम्मका बालबालिकाले लगाउन पाउने भएका छन ।खोप सेवालाई प्रभावकारी बनाउन नगर प्रमुख राम कृष्ण खाणले स्वास्थयकर्मीहरुलाई निर्देशन दिनु भएको छ।तिलोत्तमा वडा नं ५ मा रहेको न्यु ईन्भाइर मेन्ट मा। वि।को खोप केन्द्रमा अवलोकन को क्रममा नगर प्रमुखले अवलोकन गर्नु भएको हो ।


अवलोकनको क्रममा विश्वभर फैलिरहेका विभिन्न प्रजाति र उपप्रजातिका कोरोनाभाइरसले निम्त्याउन सक्ने लहरबाट बालबालिकालाई जोगाउन खोप नै प्रभावकारी उपाय बन्न सक्ने भएकाले खोप नै प्रभावकारी भएको बताउनु भयो।बाल रोग तथा खोप विशेषज्ञहरूको सुझाव अनुरूप नेपाल सरकारले पाँचदेखि ११ वर्षसम्मका बालबालिकाका लागि असार ९ गतेदेखि खोप अभियान सञ्चालन गरेको छ। 

कमेन्ट गर्नुहोस्