लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

जापानको जर्जर गुलामीबाट, कोरिया कसरी बन्यो स्वतन्त्र : ईतिहास

IMG

आकाशमा देवता हुन्छन।शरिरभित्र आत्मा हुन्छ।राज्यमा शासक हुन्छन।तिनै शासक कमजोर तथा डगमगाए भने देशमा राजनीतिक अस्थिरता हुन्छ।देशभित्र भ्रष्टाचार मौलाएर जान्छ।बाह्य शक्तिले सिधै आक्रमण गर्न सक्ने बलियो आधार बन्छ।विदेशी शक्ति देशमा प्रवेश गरेभने आफ्नो देशको इतिहास,संस्कृति,भाषा,धर्म,वेशभूषा सारा कुरा पतन भएर जान्छ।हत्या,हिंसा,बलात्कारले सिमा नाग्छ।राज्यको खनिजपदार्थ,सारा सम्पत्ति लुटिन्छ।देश खोक्रो बन्छ।अनि देश गुलाममा परिणत हुन्छ।जनता माउबिनाका चल्ला सरह हुन्छन।यसको सिकार भएका देशहरु सन्सारको इतिहासमा धेरै भेटिन्छन।


कोरिया देश पनि उन्नाइसौं शताब्दीसम्म एक  स्वतन्त्र राज्यको रुपमा उभिएक थियो।यो अखण्ड थियो।विदेशी राष्ट्रलाई प्रवेश गर्ने अनुमती थिएन।कोरियाको चारै किनारामा ठुला पिल्लर गाढेर त्यो पिल्लरमा " विदेशीलाई देशभित्र प्रवेश गराउने राजा अथवा कुनैपनि शासक देशद्रोही हुने छन"भन्ने लेखेर गाढिएको थियो।तर कालान्तरमा अखण्ड कोरिया कसैको गुलाम बन्न पुग्यो।कसरी गुलाम बन्यो त?आज त्यस रहस्यको नालीवेली कोरियाको इतिहासको पानाबाट।


कोरिया गुलाम बनेको रहस्यमा पुग्नुभन्दा पहिला अमेरिकाको बारेमा थोरै लेख्न जरुरी हुन्छ।अठारौं शताब्दीसम्म अमेरिका नामको देश बेलायत,फ्रान्स तथा स्पेनको गुलाम थियो।अमेरिका जब स्वतन्त्र भयो तब बलियो हुन थाल्यो।अमेरिका भन्ने देश अस्तित्वमा आउन थाल्यो।उसलाई पनि युरोपेली राष्ट्रहरुले जस्तै पुर्वीय देशसँग व्यापार सम्झौता गरेर आफ्नो मातृभूमि धनी बनाउन मन लाग्यो।अनि जापान देशमा आएर व्यापारको हात बढाउने योजना बुन्यो।यस्तैमा सन १८५४ मा अमेरिकी जनरल मेथ्यु पेरि भन्ने ठूलो पानीजहाजमा हतियार,तोप लिएर जापानको समुन्द्रमा उभियो।उसले जापानलाई कि युद्ध गर्ने,कि त अमेरिकासँग व्यापारको सम्झौता गर्ने धम्की दियो।जापानले डराएर व्यापारको सम्झौता गरिदिने प्रस्ताव राख्यो।अमेरिका तोप र धम्किको भरमा जापान प्रवेश गर्न सफल भयो।अनि जेजे लुट्नु पर्ने थियो लुटेर लग्यो।अमेरिकालाई धनी बनायो।


मुसाको रिस भ्यागुतोमाथी 

अमेरिका तोप देखाएर जापानमा प्रवेश गर्न सफल भएकोले,  जापानले पनि कोरियामा व्यापारको नाउँमा देश नै कब्जा गर्ने योजना बनायो।कोरियालाई कब्जा त गर्ने,कसरी गर्ने भन्ने बहस सुरु भयो।त्योबेलाका विद्वान योसिदा स्योइन भन्नेले कोरिया कब्जा गर्ने  मात्र हैन पुरै एसिया कब्जा गर्ने तरिका सिकाएका थिए भनिएको छ।उनले "हामिलाई जसरी अमेरिकाले तोपको आड्मा व्यापारको ढोका खुलायो,ठिक त्यसरिनै हामिले कोरियालाई कब्जामा लिने छौं।अनि चिनलाई कब्जामा लिने छौं।बिस्तारै पुरै एसिया कब्जा गर्ने छौं।"भनी सिकाएका थिए रे।जापानीहरुले ती विचारकको कुरालाई समर्थन गरे।सोहिअनुसार योजना बन्यो।र काम अगाडि बढ्यो।


कोरियामा जापानको आगमन र असमान सन्धि सम्झौता(१८७६)

सन १८७६ मा जापानी सैनिक ठूलो पानीजहाजमा तोप लिएर कोरियाको समुन्द्रमा खडा भए।कोरिया र जापानको घम्साघम्सी चल्यो।भिडन्तमा कोरियाको हार भयो।हारेको कोरियासँग जापानले सन्धि गर्‍यो।सन्धि अनुसार जापानले कोरियामा आएर खुल्ला व्यापार गर्न पाउने।कोरियाले बन्दरगाह बनाउनु पर्ने।अनि जापानीले कोरियामा गलत कार्य तथा अप्रिय घटना घटाएमा त्यसको छिनोफानो कोरियाले गर्न नपाउने जापानीले नै निर्णय गर्ने जस्ता असमान तथा घातक सन्धिमा हस्ताक्षर गर्न बाध्य बनायो।


जापानको दोस्रो सम्झौता (फ्यल्गि कुन सम्झौता१८८०)

जापानले कोरियाको सैनिकलाई आधुनिकीकरण गरिदिने,विशेष तालिम दिने प्रस्ताव राख्यो।कोरियाले यो प्रस्ताव खुसिले मान्यो। कोरियामा परेड मैदान बनाइयो।तालिमको नाममा जापानबाट निर्वाद रुपमा सैनिक र सैनिकका पानीजहाज कोरियाको समुन्द्रमा खचाखच भरिन थाले।जापानी उच्च सैनिकहरु तथा गोप्य जासुसीको आगमन भयो।जापानले कोरियाली सैनिकलाई नयाँ पोशाक,हतियार दियो।कोरियाली सैनिकहरु फुरुङङ भए।जापानले माथी लेखिएको सन्धि अनुसार आफ्नो देशमा बनेको समानहरु सस्तोमा कोरियालाई दिन थाल्यो।कोरियामा जापानी समान आयातीत हुन थाले।यस्तो भएपछी कोरियाको घरेलु उद्योग पतन भएर गए।जनताहरु बेरोजगार भए।कोरियाली मालिकका कारखाना बन्द भए।जापान बलियो हुँदै गयो।


जापानको तेस्रो सम्झौता (खुन्सा योङ्ची सन्धि१९०५)

कोरियामा बलियो हुँदै गएको जापानले फेरि अर्को प्रस्ताव राख्यो।जापानी सेनालाई कोरियामा प्रवेश गर्न अनुमती दिने,सेनालाई जग्गा प्रदान गर्ने र कोरियाको हरेक कुनामा गारत बनाएर बस्ने अनुमती माग्यो।चुकिसकेको कोरिया प्रस्ताब स्विकार्न बाध्य भयो।जापानी सेना हामफाल्दै कोरिया आइपुगे।अब जापानी सेना कोरियाली सेना भन्दा माथी हुन थाले।


जापानको चौंथो सम्झौता (खोमुन छङ्छी सन्धि १९०६)

चतुर जापानले अमेरिकालाई शिरमा राखेर अर्को षड्यन्त्र गर्‍यो।अमेरिकी दुई विद्वानलाई जापानको तर्फबाट नियुक्ति गरेर कोरिया पठायो।अनि "कोरियाको विदेशी नीति तथा आर्थिक अवस्था राम्रो छैन।यसलाई  सुधार गर्न आवश्यक छ।जसको लागि हामिले दुई अमेरिकी सल्लाहकार चुनेका छौं।उनिहरुलाई कार्य गर्ने अनुमती दिन आग्रह गर्‍यो।"कोरियाका राजाले स्वीकार गर्नै पर्‍यो।यसरी अमेरिकी दुई विद्वान मेगाथा र स्टिबुन्स भन्ने व्यक्ती कोरिया आए।


जापानको पाँचौं सम्झौता (ह्वाफे छ्ङ्नी साअप १९०६)

खटाईएको दुई व्यक्तिले जापानले अह्राएको काम गर्न थाले।मेगाथा भन्नेले कोरियाको आर्थिक अवस्था नाजुक छ। नयाँ मुद्रा आविष्कार गरेर छाप्नु पर्छ भनेर कोरियाको राजालाई सल्लाह दिए।अर्कोतर्फ स्टिबुन्सले कोरियाको विदेशी नीति राम्रो नभएकोले अब जापानको शाहरा लिनुपर्छ।जापानको उपनिवेश हुनु राम्रो हो भन्यो।शक्ति गुमाईसकेका अनविज्ञ राजाले यसलाई पनि स्विकार्न बाध्य भए।आखिरकार कोरियाको मुद्रा पतन गराएर नयाँ मुद्रा छापियो।यसलाई जापानी मुद्रामा समावेश गरियो।कोरियामा चल्दै आएको आफ्नो देशको मुद्रा नक्कली साबित हुनपुग्यो।यस्तो भएपछी कोरियाका नागरिक,पुँजिपती कंगाल भए।देश जापानी मुद्रा चलाउन बाध्य भयो।


जापानको छैठौं घातक सम्झौता (खुन्दे हेसान १९०७)

जापानले"हान इल सिन ह्यबयाक" को नामले अर्को जानलेवा सन्धी सम्झौता गरायो।कोरियाली सेना पतन गराइयो।कोरियाको सेना पतन भएपछी जापानी सेनाले देश कब्जामा लियो।क्रमशःजापान बाहेक अरु देशसँग सम्पर्क गर्न नपाउने बनायो।कोरियाको राजा जापानको कठपुतली बन्न बाध्य भए।अन्त्यमा कोरियाको सार्वभौम खोसियो।कोरियामा जापानी शासक बस्ने र उसैले राज्य चलाउने कानुन बनाइयो।सन १८७६ देखिको प्रयास  सन १९१० अगस्ट २९ तारिखमा पुर्णता पायो।जापानी पहिलो शासक इथो हिरो फुमी भन्ने बने।सियो बनेर कोरिया पसेको जापान मुसल बनेर निस्कियो।अन्ततोगत्वा कोरिया देश जापानी साम्राज्य बनेर विलय भयो।


हाम्रो प्यारो देश नेपाल र हामी एक सय पच्चीस थरी नेपाली 

कुनै पनि राष्ट्रमा यदि विदेशी शक्ति आएर यो गरिदिन्छु,त्यो गरिदिन्छु भन्छ भने त्यो हामी र हाम्रो देशको फाइदाको लागि गरिदिने पटक्कै हैन।उसले आफ्नै मातृभूमिको फाइदाको लागि गरेको हुन्छ।अझै विदेशी शक्तिले त भाईभाईमा भाँजो हालेर एकतालाई फुटालिदिन्छन।हाम्रै प्यारो छिमेकी देश भारतमा अंग्रेजहरुले मुस्लिम र हिन्दु भनेर युद्ध गराइदिए।जसले देश दुई टुक्रामा विभाजन भयो।तसर्थ यस्ता कुरा हामि नेपालिले राम्रोसँग बुझेका छौं।हामी एक सय पच्चीस थरी नेपाली दाजुभाइ एक ढिक्का भएका छौं।हाम्रो नेपाल,हाम्रो भाषा,हाम्रो संस्कृति,हाम्रो इतिहास सदा बाँचिरहोस।अबको हाम्रो नेपालको पुस्ता कोहि पनि बिदेशीन नपरोस।हामी सबैको कल्याण होस।


कमेन्ट गर्नुहोस्