लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नमस्ते एकेडेमीमा प्लस टु भवन उदघाटन

IMG

तिलोत्तमा सिटी न्युज, असार ६ गते २०७९। नमस्ते एकेडेमीले प्लस टु भवन उद्घाटन गरेको छ । विद्यालयका निर्देशक  विष्णु प्रसाद भुसाल र डिल्ली नारायण पाण्डेयले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो ।शैक्षिक शत्र २०७८ बाट विज्ञान तथा व्यवस्थापन शंकायमा कक्षा ११ संचालन गरेको छ ।यसका लागि छुट्टै भवनमा पठन पाठन हुनेछ ।पाँच वर्षको छोटो अबधिर्मा  विद्यालय नै  विद्यार्थीको पहिलो घर ’ भन्ने अवधारणलाई आत्मसात गरी अभिभावकको मन जित्न सफल ‘ सफल देखिएको छ ।


यस शैक्षिक शत्रबाट द ब्र्रिटिस एजुकेशन ग्रुप अन्तरर्गत पूर्ण रुपमा द ब्र्रिटिस कलेज  काठमाडौँ र बेलायतको प्रत्यक्ष शैक्षिक निर्देशनमा  सञ्चालन गरी अध्ययनरत विद्यार्थीलाई  अन्तराष्ट्रिय मापदण्ड सरह शिक्षा प्रदान गरेको जनाएको छ ।सो कार्यक्रममा बोल्दै ब्रिटिस ग्रुपका स्कुल हेड अरुण कुमार कँडेलले नमस्ते एकेडेमी वेलायतमा  अभ्यास गरिने शिक्षण सम्बन्धी  उच्चस्तरीय सीप र प्रविधिलाई नेपाली परिवेशमा प्रयोग गरिने बताउनुभयो। उहांले नियमित कक्षा सन्चालनका अलावा  मातृभाषी विदेशी अंग्रेजी शिक्षकहरुबाट क्याम्ब्रिज युनिभरसिटीको पठनपाठन गराइने बताउनुभयो ।


ग्लोलव टु लोकल अवधारणा अनुरुप विद्यार्थीहरुको चौतर्फी विकासको निम्ति क्रियाशील एवम् कटिवद्ध रहेको विद्यालयका प्राचार्य जिग्मे शेर्पाले बताउनुभयो । कक्षा ११ र १२ ले समग्रमा स्नातक तह अध्ययन गर्ने उर्बर आधारशीला तयार पार्ने हँुदा  योग्य र दक्ष प्राध्यापकहरुको समूहले  एउटा कक्षामा २५ जना मात्र विद्यार्थी राखी सन्चालित हुने शैक्षिक कार्यक्रमले सम्पूर्ण  विद्यार्थीको  समुन्नत शैक्षिक विकासको विश्वासनीय सुनिश्चितताको विषयमा विद्यालयका प्राचार्य जिग्मे शेर्पाले जानकारी दिनु भयो ।विद्यालयका निर्देशक डिल्ली नारायण पाण्डेयले प्लस टु तहको छुट्टै भवन भए पश्चात विद्यार्थीहरुलाइ थप सहज हुने बताउनुभयो ।


विद्यालयका निर्देशक विष्णु प्रसाद भुषालको अध्यक्षतामा सन्चालित समुदघाटन कार्यक्रमको सन्चालन विद्यालयका सह प्राचार्य लिलामणि पाण्डेले र स्वागत मन्तव्य विद्यालयका संस्थापक प्राचार्य राजेन्द्र कुँवरले गर्नु भएको थियो । विज्ञान संकायमा बायोलोजी र कम्प्युटर साइन्सको छुट्टा छुट्टै पढाइ भइ राखेकोमा यस वर्षदेखि    अभिभावकको अनुरोधलाई ध्यानमा राखी होटल म्यनेजमेन्ट विषय पनि थप गरी अध्ययन गराइदै छ ।सुविधा सम्पन्न  विज्ञान , कम्प्युटर ,होटल म्यानेजमेन्ट ल्याव रहेको नमस्ते एकेडेमीमा  यस वर्ष अत्यन्तै सीमित सिटमा विद्यार्थी भर्ना लिई संख्यात्मकतामा नभई गुणत्मकतामा विशेष जोड दिने नीति रहेको विद्यालयले जनाएको छ ।



कमेन्ट गर्नुहोस्