लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

शंकरनगर दुर्गादत्त मा.वि मा सदन विभाजन

IMG

तिलोत्तमा सिटी न्युज, असार ३ गते २०७९। तिलोत्तमा-२ मा रहेको  श्री शंकरनगर दुर्गादत्त मा.विमा अतिरिक्त क्रियाकलाप अन्तरगत सदन विभाजन कार्यक्रम सम्पन्न भएको छ ।विद्यार्थीहरुलाई अध्ययनका साथसाथै विभिन्न सिर्जनात्मक, रचनात्मक एवम् व्यवहारिक ज्ञान दिलाउने हेतुले विद्यालयमा कक्षा १ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरुलाई विभिन्न पहेलो, रातो, हरियो र निलो सदनहरुमा विभाजन गरिएको छ । 


विद्यालयका सह-प्राचार्य प्रकाशलाल श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रमको प्रमुख अतिथिको रुपमा विद्यालयका प्रधानाध्यापक चण्डी प्रसाद पाण्डे र शिक्षक शिक्षिका लगाएत पूर्व सदन प्रमुखहरुको उपस्थिती रहेको थियो । कार्यक्रमबाट रातो सदनको लिडरहरुमा बिपर्सन कुवर र मनोज भण्डारी, हरियो सदनको लिडरहरुमा गणेशमान पुन र वर्षा भुजेल, निलो सदनको लिडरहरुमा कृतिका खत्री र शान्ती गौचन र पहेलो सदनको लिडरमा मोहित ज्ञवालि  छानिएका छन् । 


नवगठित सदनका लिडरहरुले कोभिड–१९ महामारीले विगतको वर्षमा अतिरिक्त क्रियाकलापमा अवरोध सिर्जना गरे पनि अब प्रभावकारी रुपमा आफ्ना कार्यक्रमहरु वर्षभरि नै गर्ने प्रतिबद्धता जनाएका छन् र विद्यालय बाट हुने सम्पुर्ण सहयोग सधैभरी रहने प्रतिबद्धता कार्यक्रमका प्रमुख अतिथिले जनाउनु भएको छ ,सम्पुर्ण कार्यक्रमको सम्योजन अतिरिक्त क्रीयाकलाप प्रमुख गणेश पन्थले गर्नु भएको थियो ।

कमेन्ट गर्नुहोस्