लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

प्रयोगात्मक शिक्षा आजको आवस्यकता : तिलोत्तमा नगर प्रमुख खाण

tillotmacitynews - 2022 Jun 12 06:57 PM
IMG

तिलोत्तमा सिटी न्युज, जेष्ठ २९ गते २०७९ । तिलोत्तमा नगरपालिकाका नगर प्रमुख राम कृष्ण खाणले, तिलोत्तमा नगर क्षेत्रभित्रका सामुदायिक विद्यालयको भौतिक पूर्वाधारसंगसंगै शिक्षाको गुणस्तर सुधारका लागि बालबालिकालाई आई टी सम्बन्धि शिक्षा दिनुपर्ने बताएका छन् । नया शैक्षिक उपकरणहरुको समुचित प्रयोग गरेर बालबालिकालाई आई टी सम्बन्धि शिक्षा दिक्षा दिनसके विद्यार्थीको भबिष्य उज्ज्वल हुने उनको भनाइ छ । तिलोत्तमा वडा नं १३ मा रहेको बाउन्नकोटी सामुदायिक हलमा भएको शिक्षक कर्मचारी उत्प्रेरणा कार्यक्रममा बोल्दै मेयर खाणले प्रतेक बिद्यालयमा प्रयोगात्मक शिक्षालाई प्राथमिकताका साथ पठनपाठन गर्न गराउन  प्रधानाध्यापकहरुलाई आग्रह पनि गरेका छन् । कार्यक्रममा बोल्दै खाणले नगरका  १७ वटै वडामा रहेका राम्रा नाम चलेका सामुदायिक विद्यालयलाई आई टी र प्रयोगात्मक शिक्षा प्रदान गरि उदाहरण पेश गर्न आग्रह समेत गरेका छन् । 


तिलोत्तमालाई  शैक्षिक हबको रुपमा चिनाउने गरि काम गर्ने आफ्नो प्रतिबद्दता कायमै रहेको भन्दै मेयर खाडले आफुले अब कुरा भन्दा पनि काम गरेर देखाउने समय आएको बताए । टिकुलीगढ सामुदायिक सिकाई केन्द्रका अध्यक्ष श्याम खरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नं १३ का अध्यक्ष नाराणय ढकाल, कार्यपालिका सदस्य रवि सेन्चुरि लगाएतले शुभकामना दिएका थिए । शिक्षा अधिकारी ईन्द्र ढकालले प्रशिक्षण दिएको कार्यक्रमको संचालन सचिव प्रचण्ड जिसिले गरेका थिए । 





कमेन्ट गर्नुहोस्