लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

काठमाडौंको फोहोर आजदेखि उठाउने सहमति

IMG

तिलोत्तमा सिटी न्युज, जेष्ठ २४ गते २०७९ । काठमाडौं उपत्यकाको फोहोर आज मंगलबारबाट उठाइने भएको छ । सिसडोल र बन्चरेडाँडामा फोहोर लैजान दिने सहमति भएसँगै काठमाडौं उपत्यकाको फोहोर उठाइने भएको हो । सोमबार सहरी विकास मन्त्रालयमा बसेको मन्त्रालय, काठमाडौं महानगरपालिका र प्रभावित क्षेत्रका प्रतिनिधिबिच बसेको सर्वपक्षीय छलफलमा काठमाडौंको फोहोर उठाएर सिसडोल र बन्चरेडाँडा लैजान दिने सहमति जुटेको हो । सहमति अनुसार‚ शहरी विकास मन्त्रालयले आगामी आर्थिक वर्षमा बञ्चरेडाँडामा ल्याण्डफिल साइट प्रभावित क्षेत्रमा विभिन्न पाँच वटा सडकको लागि ४२ करोड ५० लाख विनियोजन गर्ने छ। यस्तै, नदी नियन्त्रण, सामुदायिक भवन‚ मन्दिर निर्माण र वृक्षारोपणका लागि एक करोड ७० लाख विनियोजन गर्ने सहमति भएको छ।यस्तै‚ वातावरणीय प्रभाव मूल्याङ्कन ((ईआईए) प्रतिवेदन प्राप्त भएपछि जग्गा अधिग्रहण प्रकृया शुरु गर्ने‚ प्रतिवेदनको सिफारिसको आधारमा प्रभावित क्षेत्रका स्थायी बासिन्दाका लागि १० शय्याको अस्पताल सञ्चालन गर्न नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अनुअरोध गर्ने सहमतिमा उल्लेख छ । 

काठमाडौं महानगरपालिकाले धुनीवेशी नगरपालिकाका वडा नम्बर १‚ ३‚ ४ र ककनी गाउँपालिकाका वडा नम्बर १‚ २ र ३ का प्रभावित स्थायी बासिन्दालाई नेपाल स्वास्थ्य बिमा बोर्डबाट विधि र प्रकृया पूरा गरी दोहोरो नपर्ने गरी एक साताभित्रै स्वास्थ बिमा गर्ने सहमति भएको छ । धुनीवेशी र ककनीको पूर्वाधार विकासका लागि विगतमा उपलब्ध गराउँदै आएको अनुदानलाई निरन्तरता दिने‚ नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको प्रतिवेदनलाई आधार मानी १० दिन भित्र रासायनिक वा जैविक उपचार गरी दुर्गन्ध हटाउने कार्यको प्रारम्भ गर्ने प्रतिवद्धतामा जनाइएको छ। यस्तै‚ साउन १ गते देखि उपत्यकामा उत्पादन हुने फोहोरलाई स्रोतमै वर्गीकरण गरी लैजाने व्यवस्था गर्ने र ईआईए प्रतिवेदनको आधारमा व्यवस्थापन योजना बनाएर ६ महीनाभित्र सिसडोलको पोस्ट ग्लोजर प्रकृया शुरु गर्ने सहमति भएको छ।


कमेन्ट गर्नुहोस्