लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

स्वास्थ्य मन्त्रीबाट विरोध खतिवडा नहट्ने

IMG

तिलोत्तमा सिटी न्युज, जेष्ठ २३  गते २०७९ । नेकपा एकीकृत समाजवादी(एस) पार्टीबाट प्रतिनिधित्व गर्ने स्वास्थ्य मन्त्रीसहितका मन्त्री कायमै रहने भएका छन् । नेकपा एसभित्र विवाद भएपछि तत्काल मन्त्री फेर्ने विषयबाट प्रधानमन्त्री शेरबहादुर देउवा पछि हट्नुभएको छ । बालुवाटार स्रोतले दिएको जानकारी अनुसार सोमबार बिहान बसेको सत्तागठबन्धनको बैठकले तत्काल मन्त्री परिवर्तन नगर्ने निष्कर्षमा पुगेको बालुवाटार स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार आइतबार बिहान प्रधानमन्त्री देउवा र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालबीच मन्त्री फेर्ने विषयमा सहमति भएको थियो । सोही आधारमा दिउँसो नेकपा एसले सरकारमा रहेका सबै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेर नयाँ नाम प्रधानमन्त्रीलाई दिएको थियो। केही मन्त्रीले कम्तिमा पनि बजेट पास नभइकन पद नछाड्ने भनेपछि विवाद बढेको हो । 


कमेन्ट गर्नुहोस्