लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

हुबहु प्रश्नपत्र दोहोरिएपछि त्रिविले भन्यो– गल्ती भयो, छानबिन गर्छौं

IMG

तिलोत्तमा सिटी न्युज, जेष्ठ २० गते २०७९ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले प्रश्नपत्र दोहोरिएको सम्बन्धमा छानविन गर्ने भएको छ । त्रिवि मानविकी तथा समाजशास्त्र सङ्कायका डीन प्रा डा कुसुम शाक्यले हुबहु दोहोरिएको प्रश्नपत्रबारे छानविन गर्ने बताए । त्रिभुवन विश्वविद्यालयको एमए तेस्रो सेमेष्टरमा अर्थशास्त्र विषयको परीक्षाको प्रश्नपत्र गत वर्षको परीक्षाको प्रश्नपत्रसँग हुबहु मिलेपछि हंगामा भएको हो । प्रश्नपत्र दोहोरिएको पत्ता लागेपछि विद्यार्थीहरुले सामाजिक सन्जालमा त्रिविको आलोचना गरेका छन् । यसको विरोधमा अखिल क्रान्तिकारी त्रिवि जिल्ला समितिले डिनको कार्यालयमा तालाबन्दी गरेको छ । अखिल क्रान्तिकारीका नेता नरेश रेग्मीले त्रिविले लापरवाही गरेको भनेर आलोचना गरेका छन् । ‘पछिल्लो समय स्नातकोत्तर तह अर्थशास्त्रको प्रश्नपत्र हुबहु अघिल्लो वर्षसँग मिल्नु भनेको लापरवाहीको पनि पराकाष्ठा हो,’ रेग्मीले सामाजिक सन्जालमा लेखेका छन्, ‘यहाँबाट प्राप्त हुने प्रमाणपत्रहरुको राष्ट्रिय/अन्तर्रास्ट्रिय गरिमा गिरेको गिर्यै छ । त्रिभुवन विश्वविद्यालयका समस्याहरु समाधान गर्न निर्मम भएर लाग्नुको विकल्प छैन ।’ साठी पूर्णाङ्कको उक्त विषयको परीक्षामा १३ वटा प्रश्न सबै गत वर्षमा नै सोधिएका प्रश्नपत्रसँग हुबहु मिलेको छ । 


कमेन्ट गर्नुहोस्