लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

जनभावनामा जनप्रतिनिधिहरुलाई सम्मान तथा शैक्षिक सामग्री वितरण

IMG

तिलोत्तमा सिटी न्युज, जेष्ठ २० गते २०७९। रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ८ दीपनगर स्थित जनभावना माध्यामिक विद्यालयले वडाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान तथा बधाई ज्ञापन गरेको छ । विद्यालयले वडा नं. ८ मा निर्वाचित वडाध्यक्ष कृष्णप्रसाद पौडेल तथा वडा सदस्यहरु कमलकान्त गौतम, कमला पराजुली, खुमबहादुर खासु र सावित्री दमाईलाई सम्मान तथा बधाइ ज्ञापन गरेको हो ।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष क्या. लाल बहादुर थापा, विद्यालयका प्रधानाध्यापक शम्भुप्रसाद पराजुलीले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई अविर, माला र खादाले सम्मान सहित बधाइ तथा शुभकामना व्यक्त गर्नुभयो ।  सोही अवसरमा विद्यालय व्यवस्थापन समितिका सदस्य एवं समाजसेवी दिपकराज घिमिरेले आफ्ना बुवा खिमानन्द घिमिरे र आमा गौरीदेवी घिमिरेको स्मृतिमा कक्षा ६ देखि १० सम्मका २५ जना जेहन्दार विद्यार्थीलाई एक वर्ष सम्मका लागि पुग्ने गरी कापी तथा कलम प्रदान गर्नुभयो ।


कार्यक्रममा समाजसेवी घिमिरेले नेपाली माध्यममा अध्ययनरत विद्यार्थीहरु मध्ये सर्वोत्कृष्ट अंक ल्याउने एक जनालाई स्टेशनरी, पोशोक, जुत्ता लगायत वर्ष भरिको सम्पूर्ण खर्च व्यहोर्ने घोषणा समेत गर्नुभयो । यस्तै नवनिर्वाचित जनप्रतिनिधिहरुले नेपाली माध्यममा अध्ययनरत ५ जना गरिव तथा जेहन्दार विद्यार्थीको एक वर्षको सम्पूर्ण शैक्षिक खर्च व्यहोर्ने बताउँदै विद्यालयको शैक्षिक उन्नयनका लागि आफूहरु सधै लागि परेको र आगामी दिनमा पनि लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष क्या. लालबहादुर थापाको अध्यक्षता, प्रधानाध्यापक शम्भु प्रसाद पराजुलीको स्वागत, शिक्षक शालिकराम भुसालको सञ्चालनमा भएको कार्यक्रममा वडाध्यक्ष कृष्णप्रसाद पौडेललगायतका जनप्रतिनिधिहरुले समेत मन्तव्य राख्नुभएको थियो ।



कमेन्ट गर्नुहोस्