लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कोरियामा चुनावको इतिहास

IMG

तिलोत्तमा सिटी न्युज, जेष्ठ १८ गते २०७९। कोरियामा सन १९२६ सम्म राजाको शासन थियो।राजतन्त्रमा राजा नै मालिक थिए।चुनाव हुँदैनथ्यो।यो देशमा जापानले पनि शासन गर्‍यो।जापानले कोरियाका जनतालाई गुलाम बनाएर राख्यो।चुनाव हुने त कुरै भएन।सन १९४५ मा जापानबाट स्वतन्त्र भयो।जापानले छोडेर गएपछि अखण्ड कोरिया दुई टुक्रामा बिभाजन भयो।उत्तरी भूभाग उत्तर कोरिया बन्यो।त्यहाँ निरङ्कुशतन्त्र जन्मियो।दक्षिणी भूभाग दक्षिण कोरिया बन्यो।दक्षिण कोरियामा लोकतन्त्र जन्मियो।गणतन्त्र दक्षिण कोरिया भनी नामाकरण पनि भयो।

  

दक्षिण कोरिया (१९४८ पछि )

टुक्रिएर बनेको दक्षिण कोरियामा  सन १९४८ सालमा पहिलो संसदीय चुनाव भयो।कोरियाको इतिहासमा पहिलोपटक जनताले मतदान गर्न पाएको यो सुनौलो दिन थियो।चुनाव पश्चात् कोरियाको पहिलो लोकतान्त्रिक संविधान बन्यो।संविधानले देशको कार्यकारी शक्तिको जिम्मेवारी राष्ट्रपतिमा निहित हुने बनायो।राष्ट्रपति जनताको प्रत्यक्ष भोटद्वारा चुनिएर मात्र राष्ट्रको प्रमुख बन्न पाउने कानुन बन्यो।इसुङ मान भन्ने व्यक्ती पहिलो राष्ट्रपति बने।रास्ट्रपति बने लगत्तै ईनले कोरियाका जनतालाई साक्षर बनाउने अभियान चलाए।माध्यमिक तहसम्मको पढाई निशुल्क बनाए।लोकतन्त्र स्थापना भएको केही वर्षमै देशमा बिकासको लहर आयो।जनताहरु जागरुक हुन थाले।देशलाई सुशासन,समृद्धि बनाउनतिर जोड दिइयो।बिकास हुँदै गयो।


सङ्घियता प्रणाली लागू (१९६१)

कुनै पनि राष्ट्रमा दिगो बिकास ल्याउनको लागि योजनाको खाँचो पर्छ।जसलाई पञ्चवर्षीय योजना भनिन्छ।सन १९६० सालमा कोरियामा पनि  पहिलोपटक पञ्चवर्षीय योजना लागु भयो।पञ्चवर्षीय योजनाले विकासको मुल फुटाउन थाल्यो।गाउँको कुनाकुनामा विकास पुर्‍याउने अभियान सुरु भयो।कुनाकुनामा विकास गर्नको लागि केन्द्र सरकारले मात्र नभ्याउने देखियो।अनि स्थानिय तहमा देशलाई विभाजन गरियो।सोहिअनुसार निर्वाचन प्रणाली लागू गरियो।


कोरियामा स्थानिय तहको निर्वाचन(जून ०१)

आज कोरियामा स्थानिय तहको निर्वाचन हो।यसलाई कोरिया भाषामा छिबाङ सन्ग भनिन्छ।यहाँको चुनावमा कुनै नाराबाजी हुँदैन।प्रचारप्रसार सिमित ठाउँमा हुन्छ।नेता तथा पार्टीका सिमित  कर्मचारीले चौबाटो तथा दोबाटोको जेब्राक्रस,मानिसहरुको हुल देखिने जस्ता ठाउँमा उभिएर छोटो समय प्रचार गर्छन।त्यहाँ एउटा ब्यानर र नेताको फोटो हुन्छ।बाटो पार गर्नेहरु जतिले सुन्न भ्याए, त्यही प्रचारप्रसारको रुपमा लिइन्छ।यहाँ घरदैलो कार्यक्रम हुँदैन।नेता घरघरमा गएमा जनताले राम्रो मान्दैनन।कोरियामा पनि स्वतन्त्र उमेदवार हुन्छ्न।उनिहरुले पनि आफ्नो एजेन्डा अघि सारेर उम्मेद्बारी दिन्छन।चुनावको प्रचारप्रसार गरेको छोटो दृश्य तल भिडियोमा रहेको छ।


चुनावको मतपत्र दुईवटा बनाइएको हुन्छ।मेयरको मतपत्र साथै वडा अध्यक्ष र सदस्यको मतपत्र छुट्टाछुट्टै हुने गर्दछ।मत रद्ध नहोस भनेर यस्तो गरिएको हुन्छ।कोरियाको स्थानिय चुनावमा सबैभन्दा बढी मतपत्र छापिन्छ भनिएको छ।छापिएको मतपत्रलाई चाङ लगाउने हो भने यसको उचाई  हाम्रो देशको सगरमाथा जस्तो तिनवटा सगरमाथामाको उचाई बराबरको चाङ बन्न सक्छ भनिएको छ।संसदीय तथा स्थानिय चुनाव हरेक चार वर्ष साथै राष्ट्रपतिको चुनाव पाँच वर्षमा हुने गर्दछ।


 विदेशी नागरिकले कोरियामा मतदान गर्ने प्राबधान कस्तो छ?

कोरियामा बिदेशी नागरिकले राष्ट्रपतीय चुनाव तथा संसदिय चुनावमा मतदान दिन पाउदैनन।उम्मेद्बारी दिन पनि पाउदैनन।स्थानिय चुनावको हकमा भने मतदान गर्न पाउने अधिकार छ।तर यसको पनि एउटा दायरा रहेको छ।स्थायी बसोबास नागरिकता (पि.आर)पाएका विदेशी नागरिकले वडाकार्यलयमा आफू बसेको स्थायी ठेगना दर्ता गराएको हुनुपर्ने।साथै यो दर्ता गरेको तीन वर्ष कटेको हुनु पर्ने हुन्छ।अनि बल्ल एउटा समाजमा बसोबास गरेको परिचय र प्रमाणले स्थानीय चुनावमा मतदान गर्न पाइन्छ।


हाम्रो देश नेपाल

हाम्रो देशमा अहिले स्थानीय निर्वाचन धाँधलीरहित सम्पन्न भएको छ।तर हामी सारा सन्सारमा छरिएर रहेकाहरुले आफ्नो मताधिकार प्रयोग गर्नबाट बञ्चित भयौं।कामना गरौं,अब उपरान्त त्यस्तो नहोस।हाम्रो देशले नेपालीहरु अध्यन गर्न बाहेक बिदेशीन हुँदैन भन्ने अभियान चलाओस। स्वदेशमा नै औद्योगिक र कृषिक्रान्तीको नीति तथा कार्यक्रम ल्याओस।हरेक वर्ष उच्च शिक्षा उत्तीर्ण गर्ने भाइबहिनीहरुले आफ्नै विधामा रहेर स्वदेशमा नै केही गर्न सक्ने उचित वातावरण पैदा होस। अबको हाम्रो नेपालको पुस्ता कोहि पनि विदेशीन नपरोस।हामी सबैको कल्याण होस। 

कमेन्ट गर्नुहोस्