लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लुम्बिनी वाणिज्य क्याम्पसमा नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत

IMG

मोहन पौडेल,जेष्ठ १८ गते २०७९। बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसमा स्वागत कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।विएमएस तेश्रो सेमेष्टरका विद्यार्थीहरुको आयोजनामा विएमएस प्रथम सेमेष्टरमा अध्ययनरत नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि एवं क्याम्पस सञ्चालक समितिका अध्यक्ष मोतीलाल पाण्डेले हरेक क्षेत्रमा विद्यार्थीहरुको सक्रियता आजको आवश्यकता भएकाले विद्यार्र्थीहरु सोही अनुरुप अगाडि बढी क्याम्पसको नाम अझै उचाइमा पुर्याउनुपर्ने बताउनुभयो ।


विशिष्ट अतिथि एवं क्याम्पस प्रमुख प्रा.डा. ताराप्रसाद उपाध्यायले बदलिँदो समय अनुसार अध्यापनको शैली परिवर्तन हुँदै जाने भएकाले विद्यार्र्थीहरु आफ्नो अध्ययनप्रति  चनाखो रहनुपर्ने बताउनुभयो साथै उहाँले विद्यार्थीहरुको अग्रसरतामा सम्पन्न हुने यसप्रकारको गतिविधिले आफुलाई गौरव महसुस हुने समेत बताउनुभयो । त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि एवं विएमएस कार्यक्रम इन्चार्ज उपप्राध्यापक लक्ष्मण प्रसाद भण्डारीले  शुभकामना मन्तव्य राख्दै नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गर्नुभयो । 


विएमएस तेश्रो सेमेष्टरका विशाल आचार्यको स्वागत मन्तव्य रहेको कार्यक्रममा नवआगन्तुक विद्यार्र्थी विएमएस प्रथम सेमेष्टरकी विवेचना भट्टराईले नेपालकै सर्वोत्कृष्ट सामुदायिक क्याम्पसमा व्यवहारिक र समय सापेक्ष कोर्स अध्ययन गर्न पाउनु आफ्ना लागि सुनौलो अवसर रहेको बताउनुभएको थियो ।विएमएस तेश्रो सेमेष्टरकी विद्यार्थी सुस्मा पोख्रेलको सभापतित्वमा भएको स्वागत कार्यक्रमको सञ्चालन विद्यार्थी राजन अर्याल र वर्षा आचार्यले  गर्नुभएको थियो । कार्यक्रममा नवआगन्तुक विद्यार्थीहरुलाई मायाको चिनो समेत प्रदान गरिएको स्वागत कार्यक्रम संयोजक विद्यार्थी दीपक पाण्डेले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्